काठमाडौं – नेपाली कांग्रेसले कोरोनाभाइरसले देशका बिभिन्न स्थानमा पारेको प्रभावलाई अभ्ययन गर्न ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ । शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरालाई राखिएको छ ।
नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा समितिमा २१ जना सदस्य मात्र राख्ने जनाइएको छ । समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई आवश्यक अध्ययन गरी पार्टीको ‘अर्थतन्त्र केन्द्रीत विशेष समिति’ लाई सुझाव दिने गर्दछ ।









