डुडुवा :

चिसो र शितलहरका कारण डुडुवा गाउँपालिका अन्तरगत रहेका सम्पुर्ण शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द हुने भएको छ ।
केही दिनदेखि चलेको शितलहर र चिसोले जनजिवन कष्टकर बनेपछि विद्यार्थीहरुलाई सहजताका लागि ५ दिन विदा दिने निर्णय गाउँपालिकाले गरेको हो ।
अत्याधिक चिसोका कारण वालबालिकाहरुलाई पठन पाठनमा समस्या आएकोले गाउँपालिका अन्तरगत शिक्षा तथा खेलकुद शाखाले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
शिक्षा शाखाले सोमबारदेखि पुस १८ गतेसम्म गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द गरिएको सुचना जारी गरेको थियो ।









