छुट्टीमा आएकाहरुलाई पुर्‍याउन नेपाल एयरलाइन्स जापान जाँदै

काठमाडौं । छुट्टीमा नेपाल आएकालाई सरकारले जापान जान अनुमति दिने निर्णय गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।

जापानको नारितामा नेपालबाट चार्टर्ड उडान हुदैछ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबार राती ९ बजे त्रिभुवन विमानस्थलबाट जहाज नारिताका लागि उड्ने भएको छ ।

जापानले स्वास्थ्य परीक्षण गरी कामदार तथा विद्यार्थी लैजाने अनुमति दिएपछि नेपालमा अडि्कएका नेपाली तथा जापानी नागरिक उक्त मुलुक र्फकन लागेका हुन् ।

प्रतिक्रिया