अमेरिकन आइडलको फाइनलमा पुगेपछि नेपाली गायक दिवेशले यस्तो बिन्ती गरे

विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडलको उत्कृष्ट सातमा नेपाली युवा दिवेश पोखरेल पुगेपछि नेपालीको चासो यो कार्यक्रममा बढेको छ ।   

अब यो प्रतियोगिताको उत्कृष्ट पाँच यही आइतबार घोषणा हुँदै छ । जसका लागि आफूलाई धेरैभन्दा धेरै भोट गर्न दिवशले अनुरोध गरेका छन् । अथर गनका नामले परिचित दिवेशले यसपटक भोटिङका आधारमा आफू उत्कृष्ट सातमा पुगेको बताएका छन् । यसरी नै देश विदेशमा रहेका नेपालीले आफूलाई अनलाइन भोटिङ गर्ने हो भने आफू उत्कृष्ट पाँचमा पुग्ने उनको विश्वास छ । उत्कृष्ट पाँच नै फाइनल कार्यक्रम भएकाले यसपटक आफूलाई बढी नै सहयोगको आवश्यकता भएको पनि उनले बताएका छन् ।

काठमाडौंको रविभवनका दिवेश आफ्ना परिवारसहित सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसँग अमेरिका गएका हुन् । उनी दुई वर्षयता सक्रिय रूपमा अमेरिकामा अथर गनको परिचय बनाएर गायनमा लागेका हुन् ।

प्रतिक्रिया