गायिका टीका सानुले आमाबाबु बिहिन १० वर्षीय नानीलाई सहयोग गर्दै

दाङको तुल्सिपुरमा आमाबाबु बिहिनलाई चर्चित गायिका टीका सानू र पत्रकार भोजराज थापाले सहयोग सुरुवात गरेका छन।

करिब ३ बर्ष अघि बुवाले आफ्नै आमाको हत्याका कारण बुवा जेलमा रहेपछि आफ्नो ६ वर्षको भाइलाई हेर्दै आएकी १० वर्षिया सानी नानीलाईलाई गायिका सानू र पत्रकार थापाले आर्थिकसंगै खाद्यान्न सहयोग गर्ने भएका छन।


आमाबाबु बिहिन उनीहरुलाई गाउँलेले मिलेर बनाइदिएको सानो घरमा गायिका सानू र पत्रकार थापा भेट्न पुगेका हुन। भेटेपछि ती सानी नानिको अबस्था देखेर गायिका सानू भक्कानिएको बताइन।
ती नानीलाई आफुले सक्दो सहयोग गर्ने र अरुलाई पनि सहयोग गरिदिन गायिका सानुले आग्रह गरेकी छिन।

सहयोग गर्नको लागि मोबाइल नम्बर ९८४७८७९७७३ मा सम्पर्क गर्न सकिने बताइएको छ। गायिका सानू पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन।

प्रतिक्रिया