खजुरा चारमा क्वारेन्टाइन स्थापना, पहिलो दिन ६ जनालाई राखियो

खजुरा : कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन बाँकेको खजुरा गाउँपालिका वडा नम्बर चारले वडाका चार स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ ।

गाउँपालिकाको निर्णय अनुसार भारत तथा तेस्रो मुलुकबाट आउने वडाका स्थानियलाई केहि दिन सम्म राख्नका लागी क्वारेन्टाइन स्थापना गरिएको हो ।

वडा नम्बर ४ मा रहेका चारवटा विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा चाहिने आवस्यक सामाग्रीहरु समेत व्यवस्था गरेर क्वारेन्टाइन सन्चालन सुरु गरिएको वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिए ।

आजै मनकामना आधारभुत विद्यालय ईगाउँमा ४ जना र अम्बेमाता विद्यालय बुद्धपुरमा २ जना गरि ६ जनालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको वडाध्यक्ष सुनारले बताए ।

आज राखिएका नागरिकहरु भारतको नानपारा र निपुरा भन्ने स्थानमा १५ दिन क्वारेन्टाइन बसिसकेकालाई पनि यहाँ स्थापना गरिएको क्वारेन्टाइनमा स्वाब संकलन नहुदा सम्म व्यवस्थापन गरिएको सुनारले जनाएका छन ।

क्वारेन्टाइन व्यवस्थापन समितिले प्रत्यक विद्यालयमा २१ जनाको स्वयम सेवक समिति व्यवस्थापनका लागी खटाएको छ । चार वटा विद्यालयमा आवश्यक पर्ने विजुलि वत्ति, पंखा, पानि लगाएत चाहिने सबै व्यवस्थापन गरिएको क्वारेन्टाइन व्यवस्थापन मुल समितिका संयोजक समेत रहेका वडाध्यक्ष सुनारले जानकारी दिएका छन ।

क्वारेन्टाइनमा कुनैपनि सामाग्रीको अभाव हुन नदिने गरि समितिले काम गरेको समेत सुनारले बताएका छन । खजुरा चारमा स्थापना गरिएको क्वारेन्टाइनमा ६५० जना सम्म राखिने गरि तयारी गरिएको छ ।

प्रतिक्रिया