नेपालगन्ज :नेकपाका संगठन विभाग प्रमुख समेत रहेका नेकपाका नेता रत्न खत्रीले खजुरामा वडा नम्बर चारमा स्थापना भएको क्वारेन्टाइनको लागि मेडिकल कीट सहयोग गरेका छन् ।
नेता खत्रीले सबैभन्दा पहिले राम्रो व्यवस्थापनका साथ क्वारेन्टाइन स्थापना गरेको भन्दै आवश्यक पर्ने केहि थान माक्स र सेनिटाइजर वडा नम्बर चारका अध्यक्ष तिलकविर सुनारलाई हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण पछि अध्यक्ष सुनारले नेता खत्रीलाई धन्यवाद दिएका थिए । आज नै कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन बाँकेको खजुरा गाउँपालिका वडा नम्बर चारले वडाका चार स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ ।









