रवि लामिछानेको आज एनिभर्सरी, पत्नी निकितालाई यस्तो स्टाटस लेखे

काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलको आज विवाह भएको १ बर्ष पुगेको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आजकै दिन निकिता पौडेलसँग विवाह बन्धनमा बाधिँएका थिए । 

आज आफ्नो विवाह भएको एक बर्ष पुरा भएको बारे सञ्चारकर्मी रवि लामिछाने नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै स्टाटस लेखेका छन् । 

उनले लेखेका छन्  – तिमीलाई भेटेपछि मात्रै भाग्य माथीपनि विश्वास लाग्न थालेको हो। बितेको १ वर्ष मा मलाई कयौं चोट लाग्यो तर दुखाइ जती सबै तिमीले सह्यौ।यो एक वर्षमा एक जुनी कै खुशी दिने प्रिय श्रीमती जीलाई ????????HAPPY ANNIVERSARY???????? & LOTS OF LOVE WITH ALL MY HEART

प्रतिक्रिया