बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । धेरैजसो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने प्रियंका पछिल्लो समय एक भिडियोको कारण चर्चामा आएकी छिन् ।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण घरमै बसिरहेकी प्रियंकाले हालै एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
लकडाउनको समयमा उनले शेयर गरेको डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनि सेतो पहिरनमा मस्तीमा झुमिरहेकी छिन् ।
उनले शेयर गरेको उक्त भिडियो धेरैले रुचाएका छन् । यस भिडियो हालसम्म सामाजिक सञ्जालमा ६० लाखभन्दा बढीले हेरिसकेका छन् ।









