‘गो-कोरोना रोबर्ट’ बनाए जुम्ल्याहा दाजुभाइले

सुमन मैनाली :

डेढ वर्षअघि ‘गो-गो रोबर्ट’ र एक महिनाअगाडि ‘सेनिट्राइजर सेन्सर टनेल’ बनाएका बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले अहिले पुनः ‘गो-कोरोना रोबर्ट’ बनाएका छन् ।

१ महिनाको मेहेनतमा बनाएको यो गो-कोरोना रोबोटले आइसोलेसनमा कोरोना संक्रमण देखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजरलगायतका वस्तु पुर्‍याउन सक्छ । त्यति मात्र होइन रोबर्टले बिरामीसँग कुराकानी गरेर मनोबल बढाउने, मनोरञ्ज प्रदान गर्ने र बिरामीको लागि सहज वातावरण पैदा गरिदिने काम गर्छ ।

४ फिट अग्लो उक्त रोबोटमा हाइटेक माइक्रोफोन, १२ मेघाफिक्सलको क्यामरा, अल्टासाउण्ड स्पिकर जडान भएको छ । लुकु (लवकुस) भर्जन ७ यो रोबोटमा प्रयोग गरिएको रोबर्टका आविष्कार लवकुश पन्थीले जानाकारी दिए ।

रोबोटमा जडित माइक्रोफोनले मानिसको आवाज सुन्ने सक्ने र उक्त आवाजलाई सफ्टवेयरको माध्यमबाट बुझेर जवाफसमेत फर्काउने सक्ने उनीहरूले बताए । रोबोट निर्माणमा ७० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

कोरोना बिरामीको उपचार गर्नमा सहयोग गर्ने भएकाले रोबोटमा फलाम, काठजस्ता वस्तुको कम प्रयोग गरिएको र कपर, हार्ड प्लाष्टिक, कार्डबोर्डलाई बढी प्रयोग गरिएको उनले बताए । गो कोरोना रोबोटमा हाई स्पिड प्रोसेसर जडान भएको छ । यसले रोबोटलाई परिचालन र नियन्त्रणको काम गर्ने गर्दछ ।

इन्टरविना नै सञ्चालन गर्न सकिने रोबोटलाई राउटरको माध्यमबाट १ किलोमिटरसम्मको दूरीमा नियन्त्रणमा राख्न सकिन्छ । यसलाई आवश्यताका आधारमा परिमार्जितसमेत गर्न सकिने आविष्कारक लवकुश पन्थी बताउँछन् ।

१५ वर्षीय लवकुश बुटवलको तिलोत्तमा कलेजमा कक्षा ११ मा पढ्ने गर्दछन् ।

रोबर्ट प्रदेश सरकारलाई हस्तान्तरण

जुम्ल्याहा दाजुभाइले बनाएको गो-कोरोना रोबोट प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । बुटवलको धागो कारखानामा तयार गरिएको अस्थायी कोरोना विशेष अस्पतालमा प्रयोग गर्न सकिने भन्दै उनीहरूले रोबोटलाई मन्त्रालयमा हस्तान्तरण गरेका छन् ।

सामाजिक विकास मन्त्री सुर्दशन बराललाई दाजुभाइ लवकुशले उक्त रोबोट हस्तान्तरण गरेका हुन् । सोही अवसरमा मन्त्री बरालले यस्ता प्रतिभालाई प्रोत्साहन गर्दै आवश्यक सामग्री सहयोग गर्न तयारी रहेको बताए ।

प्रतिक्रिया