बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले भारत तथा अन्य जिल्ला वा अन्य पालिकाबाट बिना अनुमति पालिकामा प्रवेशमा निषेध गरेको छ ।
बढैयाताल गाउँपालिकाले एक सुचना जारी गरेर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको र छिमेकी पालिकामा समेत यसको संक्रमण देखिएको अवस्थामा बढैयाताल गाउँपालिकाले भारत तथा अन्य पालिकाबाट बिना अनुमति प्रवेश निषेध गरेको बताएको छ ।
गाउँपालिकाले भारत तथा अन्य स्थानबाट लुकिछिपी आइ बसेको भए त्यस्ता ब्यक्तिहरुको जानकारी गराई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न सहयोग गरिदिन पालिकाबासिमा अनुरोध समेत गरेको छ ।









