कोहलपुर- बाँकेको कोहलपुरमा ट्रकले विद्यार्थी किचेको घटनाले उग्ररुप लिए पछिको अवस्थाले एक पछि अर्को रुप लिदै गएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर हाइस्कुल नजिक ठक्कर दिँदा घटनाले उग्ररूप लिएको हो।
यसैबिच भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाईते भएका छन ।
भिड हटाउन प्रहरीले गरेकी हवाइ फायर गर्ने क्रममा रबरको गोलि लाग्दा एक विद्यार्थी घाइते भएको कोहलपुर प्रहरीले जनाएको छ।
उता कोहलपुरमा अहिले कर्फ्यु समेत लगाइएको छ ।भने सामाजिक संजाल र न्युज पोर्टल हरुमा क्यामेरा कैद तस्वीरहरु एक पछि अर्को गर्दै सार्वजनिक भएको छ ।











