विश्व अहिले लकडाउन को चपेटामा परिरहेको अवस्थामा नेपालगन्ज जेसिज र फेसबुक गुरुप नमस्ते बाँकेले लकडाउन अवधिभर घरमै बसेर कोरोना रोग प्रती लेख रचनाको प्रतियोगिता गर्ने भएको छ।
घरमै बसि समाजिक , आर्थिक र मनोवैज्ञानिक रुपमा असर परिरहेको बेला यस्ता किसिमा कार्यक्रमले मानसिक रुपमा नयाँ शिक्षाको ज्ञान लिन सकिन्छ भन्ने उदेश्य र मानिसहरु घरबाट बाहिर न निस्कि रहेको अवस्था यस्तो कार्यक्रम गर्न लागेको जेसिज अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भएको छ।
२१ औं शताब्दीमा सामाजिक सञ्जालमा मानिसहरुले अत्यधिक समय लिइरहेको अबस्थामा यश कार्यक्रमले छुट्टै अनुभव र सामाजिक सञ्जाल सदुपयोग हुने बुझिएको छ ।
घरमा बसि बसि तनाव भइरहेकाे अवस्थामा अब सामाजिक सञ्जाल बाटै सिर्जना ब्यक्त गर्न पाउँदा तनाव रहेका मानिस हरुलाई यो कार्यक्रमले मुक्त गर्ने नमस्ते बाँके गुरुपका यडमिनले बताउनु भएको छ ।
यस प्रतियोगिताका केही नियमहरु छन जुन निम्न तरिकाले उल्लेख गरिएको छ:
-निबन्ध अथवा लेख लेख्दा आफ्नो पूरा नाम थर ठेगना अनि पेशा उल्लेख गर्नुपर्ने छ।
-लेख नेपाली या अङ्ग्रेजी दुवै भाषामा लेख्न सकिने छ।
-लेख हस्त लिखित या टाईप गरेको भए पनि हुनेछ
-लेख लेख्दा प्रस्तुत गरिने तथ्य कहाँबाट लिएको हो स्रोत खुलाउन पर्नेछ।
-माथि उल्लेखित कोरोनाको समाजिक आर्थिक राजनीतिक अनि मनोवैज्ञानिक असर लाई उल्लेख गर्दै अनुच्छेद परिवर्तन गरि लेख्नु पर्ने छ।
-लेख बढीमा ३०० शब्द नकटने गरि लेख्नुपर्ने छ।
-लेख आमनागरिकले बुझ्ने खालको हुनुपर्ने छ।
-लेख लेखेर हजुरहरुले ग्रुपमा म्यासेज गरेर या ईमेल (namastebanke1@gmail.com) मा पठाउनुपर्ने छ। त्यसपश्चात हामीले हजुरको विवरण खुलाइ ग्रुपमा पोस्ट गरिदिने छौ।
-लेख एकल यहाँ संस्थागत(स्कुल कलेज विभिन्न इन्सटिच्यूट)रुपमा पनि लेख्न पाइनेछ। संस्थागतको हकमा भने एउटा संस्थाले बढीमा दुईजना सहभागी गराउन पाउने छ।
प्रतियोगिता यही जेष्ठ १० गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ यो अवधी भर तपाई आफ्नो लेख लेखी हामीलाई पठाउन सक्नुहुनेछ।
विजेताको निर्क्यौल निर्णायकको २५% मत अनि अरु बाकी ग्रुपमा भोटिङ पोल मार्फत हुनेछ,भोटिङको लागि अनिवार्य रुपमा ग्रुपको सदस्य हुनुपर्ने छ।
विजेतालाई हाम्रो फेमिली कलेक्सन घरबारीटोल नेपालगन्ज बाट आकर्षक गिफ्ट हेम्पर ,मायाको चिनो कदर पत्र अनि अन्य उपहार हरु पनि प्रदान गरिनेछ अनि यसका साथसाथै हाम्रा सहयात्री मिडियाहरुमा हजुरको लेख प्रकाशित हुने छ।
नतिजा जेष्ठ१५ गते प्रकाशित गरिने छ भने उपहार लक डाउन खुलेको एक हप्ता भित्रमा प्रदान गरिने छ। हजुरहरुको सहभागीता अनि साथको अपेक्षा गर्दछौ।











