अत्याधिक चहलपहलमय बन्यो नेपालगन्ज (फोटो कथा)

ज्ञानु सङ्गम खड्का : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका अधिकांश देश लगायत नेपाल पनि यतिबेला संकटमा छ।

दिनप्रतिदिन नेपालमा कोरोना संक्रमित बढिरहेका छन। हालसम्म नेपालमा २९१ जना संक्रमित छन भने एकजनाको मृत्यु समेत भइसकेको छ। नेपालका अधिकांश जिल्ला कोरोनाको रेड जोनमा छन। यस्तै रेड जोनमा पर्ने जिल्ला मध्ये बाँके पनि एक हो।

बाँकेमा मात्रै हालसम्म ३३ जना कोरोना संक्रमित भेटिसक्दा पनि यहाँका नागरिकहरु त्यति गम्भीर भएको पाइँदैन । बाँके प्रशासनले लकडाउनलाई कडाइ गरेपनि यहाँका नागरिकले लकडाउनको पुर्ण पालना गरेका छैनन् । सबैभन्दा बढी उलंघन बाँकेको नेपालगन्जमा हुने गरेको छ।

बाँके प्रशासनले सामाजिक दूरी कायम राख्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसल खोल्न दिएको छ। तर उक्त समयमा मानिसहरुले सामाजिक दूरी पालना नगरि भिड गर्ने गरेका छन। आज अर्थात लकडाउनको ५५ औँ दिन नेपालगन्जमा भएको चहलपहलले यहाँका मानिसहरू गम्भीर नभएको प्रष्ट हुन्छ।

आधा सटर खोलेर भएपनि अधिकांश पसल खुलेका छन, सवारीसाधन गुडिरहेको छन, तरकारी लगायतका सामान खरिदबिक्री गर्ने पसलहरुमा मानिसहरुको भिड छ।

लकडाउनको ५५ औं दिन अत्याधिक चहलपहलमय बनेको नेपालगन्जलाई तस्वीरमा हेर्नुहोस..

तस्वीर : रामु ओली /नागरिक समाज
तस्वीर : रामु ओली / नागरिक समाज
तस्वीर : रामु ओली /नागरिक समाज
तस्वीर : रामु ओली/नागरिक समाज

प्रतिक्रिया