खचाखच मानिसको भिड रहेको खजुराको लकडाउन !

नेपालगन्ज : दिनप्रतिदिन नेपालमा कोरोना संक्रमित बढिरहेका छन। हालसम्म नेपालमा २९१ जना संक्रमित छन भने एकजनाको मृत्यु समेत भइसकेको छ। नेपालका अधिकांश जिल्ला कोरोनाको रेड जोनमा छन। यस्तै रेड जोनमा पर्ने जिल्ला मध्ये बाँके पनि एक हो।

बाँकेमा मात्रै हालसम्म ३३ जना कोरोना संक्रमित भेटिसक्दा पनि यहाँका नागरिकहरु त्यति गम्भीर भएको पाइँदैन ।

आज अर्थात लकडाउनको ५५ औँ दिन बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारको एक स्थानमा देखिएको दृश्यले खजुरामा लकडाउन छ जस्तो पक्कै लाग्दैन ।

फोटो सौजन्य :भक्त बहादुर गोदार

प्रतिक्रिया