बाँकेमा चिसोका कारण बिद्यालय बन्द , चिसो प्रभावितलाई दाउरा तथा कम्बल वितरण

बाँके:

चिसो प्रभावितलाई दाउरा तथा कम्बल वितरण शुरु

केही दिनदेखि बढेको चिसो तथा शितलहरबाट बच्नका लागि डुडुवा गाउँपालिकाले दाउरा तथा कम्बल वितरणको कार्य शुरु गरेको छ ।

चिसोबाट बढी प्रभावित हुने गरिब, असहाय तथा विपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि गाउँपालिका अन्र्तगत विभिन्न टोल तथा चोक चोकमा दाउरा वितरण गरि आगो ताप्ने व्यवस्था र कम्बल वितरण शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार पहलमा गाउँपालिका वडा नंं ६ अन्र्तगत नेपाली कांग्रेश हिरमिनिया इकाइ समितिको सहकार्यमा संकलन गरिएको १० क्वीन्टल दाउरा हिरिमिनिया चोक र वडा कार्यालय नजिक आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

वडासदस्य नेतराम मौर्यको नेतृत्वामा करिब एक हप्तासम्म आगो ताप्न पुग्ने गरि दाउराको व्यवस्था मिलाइएको हो ।

स्थानीय विनोद बर्मा, बाबुलाल यादव, धर्मराज यादव, खेमनाथ अधिकारी पथरु रुेदास र शोभा महाउत लगायतले दाउरा संकलनमा सहयोग गर्नुभएको थियो ।

दुई स्थानमा गरिएको आगो ताप्ने व्यवस्थाले त्यस आसपास गाउँटोलका करिब दुई सय बढी स्थानीय लाम्भावित हुने छन ।

गाउँपालिकाले अन्य वडामा पनि दाउरा वितरणको तयारी गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले हिजो आइतबार मात्रै चिसो तथा शितलहरबाट प्रभावित परिवारलाई वितरण गर्नका लागि गाउँपालिकालाई कम्बल हस्तान्तरण गरेको छ ।

उक्त कम्बलमा गाउँपालिकाले थपगरि गाउँपालिका अन्र्तगत रहेका गरिब तथा असहाय तथा विपन्न परिवारलाई वितरण गर्नेछ ।

उता चिसो र शितलहरका कारण डुडुवा गाउँपालिका लगायत नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका सम्पुर्ण शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द हुने भएको छ ।

रेडक्रस बाँके सभापति गोवर्धन सिंह सम्झना, विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई ५० थान कम्बल हस्तान्तरण गर्नुभएको थियो ।

उता चिसो र शितलहरका कारण डुडुवा गाउँपालिका लगायत नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका सम्पुर्ण शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द हुने भएको छ ।

प्रतिक्रिया