संख्या थपियो, लकडाउन थपियो तर अटेरी बनीरह्यो नेपालगन्ज

नेपालगन्ज : चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको स्रोतले बताउछन् ।

उता सरकारले लकडाउन बढाउदै गएको छ , कोरोना संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि थपिएको छ तर नेपालगन्जमा भने लकडाउनको धज्जी उडिरहेको छ ।

सामाजिक दुरि कायम गरेर अत्यावश्यक कामकाज गर्नुपर्नेमा सर्वसाधारण र ब्यापारी तथा संघ संस्थाले त्यसतर्फ ध्यान दिन सकेका छैनन् भने प्रहरी प्रशासनले समेत लकडाउनलाई कडाइ नगरेको जनगुनासो छ ।

बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सामान्य अवस्थामा जस्तै बजार खुलेका छन् त्यसै अनुपातमा मानिसको चाप नेपालगन्जमा दिनानुदिन बढ्दै गएको छ भने बिहान ११ बजे भन्दा अगाडि पनि केही भित्री सडकमा चहलपहल देख्न सकिन्छ ।

एक दुई हुँदै समग्र नेपालगन्जको कोरोना संक्रमितको संख्या ३४ पुग्यो उता कोरोना भाइरसले बाँकेमै समेत एकजनाको मृत्यु भैसक्दा समेत बाँकेबासी अटेरी बनेको देखिन्छ ।

प्रतिक्रिया