को हुन् ‘अमेरिकन आइडल’को उपविजेता बनेका दिवेश पोखरेल ?

नेपालगन्ज : आइतबार भएको ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै एकाएक चर्चित नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा आइपुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्रै भयो ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उनी अमेरिका लागेका थिए ।

“तर अच्चम, कलेज पढ्दा ऊ यति राम्रो गाउँछ भनेर धेरैलाई थाहा थिएन”, दिवेशसँगै प्लस टु सिध्याएकी धरानकी एक विद्यार्थी भन्छिन् ।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतीबाट आइतबारको अडिसन पुगेका २१ वर्षीय दिवेशले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए । साहित्यमा नोबेल पुरस्कार विजेता यी महान संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए ।

दिवेश अर्थात् अर्थर गनको प्रस्तुतीबाट प्रभावित निर्णायक केटी पेरी, लियोनल रिची र लुक ब्रायनले आँखा खोलेर निर्णायकलाई हेरेर अर्को गीत गाउन लगाएका थिए, जहाँ उनले क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए ।

प्रस्तुतीपछि रिचीले अमेरिकालाई दिवेशजस्तै प्रतिभा चाँहिएको भन्दैं अडिसनमा सहभागी भएकोमा धन्यवाद दिएका थिए ।अडिसनको आरम्भमै नमस्ते भन्दै हल प्रवेश गरेका दिवेशलाई निर्णायक पेरीले नमस्तेमार्फत नै अभिवादन फर्काएकी थिइन् ।

दिवेश पोखरेल

दिवेशको नामको अर्थ ‘दि बेस्ट’ हुनसक्ने भन्दै हौस्साएकी केटीले दिवेशसँग कथावाचकको क्षमता देखिएको र यसलाई कायम राख्न आग्रह गरेकी थिइन् ।

कार्यक्रमपछि पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै लेखिकी छिन्– मभित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो !

विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको छ ।

अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका एक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण अल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिन्छन् ।

प्रतिक्रिया