सामाजिक संजालमा त्रास तर नेपालगन्ज बजारमा घुइँचो

नेपालगन्ज : बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सामान्य अवस्थामा जस्तै बजार खुलेका छन् त्यसै अनुपातमा मानिसको चाप नेपालगन्जमा दिनानुदिन बढ्दै गएको छ भने बिहान ११ बजे भन्दा अगाडि पनि केही भित्री सडकमा चहलपहल देख्न सकिन्छ ।

एक दुई हुँदै समग्र नेपालगन्जको कोरोना संक्रमितको संख्या ३५ पुग्यो उता कोरोना भाइरसले बाँकेमै समेत एकजनाको मृत्यु भैसक्दा समेत बाँकेबासी अटेरी बनेको देखिन्छ ।

उता सामाजिक संजालमा नरैनापुरको क्वारेन्टाइनबाट लिइएको स्वाबको रिपोर्ट आज आउने र भेरी अस्पताललाई हवाला दिदै पोजेटिभको संख्या भयावह रहेको भन्दै सामाजिक संजालमा त्रास फैलिरहेको छ भने यता नेपालगन्ज बजारमा भने मानिसको घुइँचो देख्न सकिन्छ ।

बाँके प्रशासनले सबै सवारीसाधनको पास रद्ध गरेको सुचना निकालिएको अवस्थामा बजारमा भने अत्याधिक सवारीसाधन र मानिसको घुइँचो देखिएको छ ।

सरकारले चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ। आइतबारबसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। उता सरकारले लकडाउन बढाउदै गएको छ , कोरोना संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि थपिएको छ तर नेपालगन्जमा भने लकडाउनको धज्जी उडिरहेको छ ।

सामाजिक दुरि कायम गरेर अत्यावश्यक कामकाज गर्नुपर्नेमा सर्वसाधारण र ब्यापारी तथा संघ संस्थाले त्यसतर्फ ध्यान दिन सकेका छैनन् भने प्रहरी प्रशासनले समेत लकडाउनलाई कडाइ नगरेको जनगुनासो छ ।

प्रतिक्रिया