नेकपा बाँकेका नेता खत्रीद्वारा बैजनाथलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

नेपालगन्ज :नेकपाका संगठन विभाग प्रमुख समेत रहेका नेकपाका नेता रत्न खत्रीले बाकेको बैजनाथ गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् ।

नेता खत्रीले कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा गाउँपालिकालाई आवश्यक पर्ने सर्जिकल माक्स र सेनिटाइजर सहयोग गरेका हुन् । नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दलबहादुर सुनारको उपस्थितिमा उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।

नेकपाका नेता खत्रीले दुई सय थान सर्जिकल माक्स र ३० बोटल सेनिटाइजर बैजनाथ गाउँपालिकाका अध्यन मान बहादुर रुचाललाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण गर्दै अध्यक्ष रुचालले नेता खत्रीलाई धन्यवाद दिएका थिए । नेकपाका नेता खत्रीले यस अघि पनि खजुरा वडा नम्बर चारलाई माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए ।

प्रतिक्रिया