नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा सोमबार ४७ जना नागरिकमा थप संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका ४७ जना नै नरैनापुर क्षेत्रका हुन् ।
नरैनापुरको क्वारेन्टाइन मै बसेका एक युवकको कोरोना संक्रमणकै कारण मृत्युु भैसकेको छ । कोरोनाको अति-उच्च जोखिमको सुचिमा रहेको बाँके जिल्लाको नरैनापुर सुपर हटस्पट बनेको छ । जहाँ अझै ८१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी नै रहेकाले संक्रमितको संख्या बढ्ने जानकारहरु बताउछन् ।
यता कोरोना संक्रमितको ग्राफ एक पछि अर्को गर्दै उकालो लागिरहेको कह्ह भने बिगत केही दइन देखि नेपालगन्जको लकडाउन खुकुलो भयो भन्दै आलोचना भैरहेको छ ।











