खगेन्द्र दाहाल, खजुरा :
बाँकेको खजुरा गाउँपालिकाले हालै स्थापना गरेको १९ वटा क्वारेन्टाइन अहिले खालि अवस्थामा रहेको छ । भारतबाट आउने नेपालिहरुलाई सिमामै रोकिदिएपछि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन खालि जस्तै भएको हो ।
पालिका भित्रका सामुदायिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल सम्म ३१ जना मात्रै बसेका छन । केहिमा ५÷६ जनालाई व्यवस्थापन गरिएपनि अधिकास खालि अवस्थामा छन ।
सिमामा केहि नेपाली रोकिएका छन भने केहि आफ्नो कर्मथलोबाट विदा भएर आउदै छन । सिमामा भएकाहरु आफु नेपाल प्रवेश गर्न पाउ भन्दै प्रर्दशन गरिरहेका छन ।
प्रत्येक वडाले आफ्नो वडाका स्थानियहरुलाई राख्नका लागी स्थापना गरेको क्वारेन्टाइनमा बस्न उचित प्रवन्ध मिलाईसकेको खजुरा गाउँपालिकाका उप प्रमुख एकमाया विकले जानकारी दिइन ।
स्थानिय युवाहरुसमेतलाई परिचालन गरेर क्वारेन्टाइनमा कुनैपनि कमजोरी हुन नदिन सचेत रहेको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकविर सुनारले बताए ।

वडाध्यक्ष सुनार भन्छन्, ‘हामिले सम्पुर्ण तयारी पुरा गरेर अहिले वडा नम्बर ४ मा ६ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन गरिसकेका छौ, साथै ‘अब भारतबाट भित्रिने हाम्रा वडाका स्थानियलाई व्यवस्थापन गर्ने गरि लागेका छौ ।’ उनले भारतबाट आफ्नो घर आउनेहरुलाई जसरी भएपनि भित्राउने गरि पहल गरिरहेको बताए ।
वडाध्यक्ष सुनारले हामी हाम्रा जनतालाई शुरक्षित तवरले क्वारेन्टाइनमा राख्न तयार रहेको बताएका छन । खजुराका अन्य वडाहरुमा पनि क्वारेन्टाइन व्यवस्थापनलाई विशेष ध्यान दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले जानकारी दिए ।
केसीले अहिले भारतबाट नेपालिहरुलाई नेपाल प्रवेश गर्न कठिनाई भएकाले क्वारेन्टाइन खालि जस्तै भएको हो, समन्वय गरेर ल्याउने तयारी भैरहेको छ गाउँपालिकाका स्थानियहरु भित्रिए सगै क्वारेन्टाइन पनि भरिने सम्भावना रहेको बताए ।
गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्थानिय गाउँपालिका बासिन्दाहरुलाई भित्राएर क्वारेन्टाइनमा राख्ने गरी निरन्तर पहलकदम चालेको बताएका छन ।
कक्षपतिले गृह मन्त्रालयको आदेश विना सिमा बाट नेपालिहरुलाई भित्राउन नसक्ने जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार केहि दिन अझै जुन स्थानमा हुनुहुन्छ त्यहि स्थानमा बसिदिन आग्रह गरेका छन । ‘जति सक्दो छिट्टै हामि नेपाली दाजुभाई दिदिबहिनीहरुलाई बोलाउने छौ’– कक्षपतिले भने ।









