नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकालाई अर्को सुचना नभएसम्मको लागी शिल गरिएको छ ।
नरैनापुर गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वाब परिक्षण गर्दा गाउँपालिकामा मात्र हाल सम्म ५५ जना कोरोना संक्रमीत देखिएपछि सो क्षेत्रलाई उच्च जोखिम युक्त क्षेत्र (रेड जोन) को रुपमा घोषणा गरि पालिकालाई नै शिल गरिएको हो ।
नरैनापुरमा आज मात्रै ४७ जनामा कोरोना पुष्टि भएको छ भने अझै केहिको नतिजा आउन बाकी नै रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सुचनामा जारी गरेर शिल गरिएको बताएको छ ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचना










