विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति मृत्यु भए ?

काठमाडौं – कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २० हजार १ सय ३० पुगेको छ भने संक्रमितको संख्या ४८ लाख ९० हजार ८ सय ६३ पुगेको छ ।

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १९ लाख ७ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ३ लाख ५६ हजार ३ सय ८३ जना निको भइसकेका छन् । 

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ७ पुगेको छ भने संक्रमितको संख्या २ लाख २५ हजार ८ सय ८६ पुगेको छ ।  त्यस्तै युकेमा कोरोनाबाट ३४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ४६ हजार ४ सय ६ पुगेको छ ।  त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ७ सय ९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७८ हजार १ सय ८८ पुगेको छ । 

प्रतिक्रिया