कोरोनाबाट बच्न अमेरिकी राष्ट्रपति ट्रम्पले सेवन गरे यस्तो औषधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्न आफुले मलेरियाको औषधी सेवन गरेको बताएका छन् । उनले सोमबार एक पत्रकार सम्मेलनमा  आफूले कोरोनाबाट बच्न मलेरियाको औषधि सेवन गरिरहेको खुलासा गरेका हुन् ।

आफुले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि हप्तादिन देखी सेवन गरिरहेको उनले पत्रकार सम्मेलनमा बताएका हुन् ।

उनले उक्त औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको पनि बताए ।  ट्रम्पले कोरोनाको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेको बताइएको छ । यी औषधीले केही बिरामीलाई मात्र  साइड इफेक्ट देखिने सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया