प्रहरीको सक्रियतासँगै नेपालगन्जमा लकडाउन कडा

नेपालगन्ज : बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा सोमबार एकै दिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै बाँकेमा ९३ जना कोरोना संक्रमित पुगेका छन् ।

यसैसंगै बाके प्रशासनले नरैनापुरलाई अनिश्चितकालका लागि सिमा सिल गरेको छ भने नेपालगन्ज बजारमा समेत प्रहरीले सक्रियता देखाएको छ ।

प्रहरीको सकृयतासंगै नेपालगन्जका विभिन्न चोक तथा सडकमा लकडाउनलाई कडा पारिएको छ । लामोसमयदेखि लकडाउन खुकुलो भएको भन्दै आरोप लागिरहेको थियो ।

उता प्रहरीले अत्याधिक भिड रहने क्षेत्रमा समेत आफ्नो उपस्थिति जनारहेको छ । अत्याधिक ब्यस्त रहने विशेषगरी बैंकमा समेत प्रहरीले विशेष निगरानीमा राखेर सामाजिक दुरि कायम गर्दै आएका छन् ।

प्रतिक्रिया