उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुबै प्यानलको उम्मेदवारी घोषणाको तयारी

नेपालगञ्ज :

उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुबै प्यानलको उम्मेदवारी घोषणाको तयारी

नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलले उम्मेदवारी घोषणा आन्तरिक तयारी गरेका छन् ।


समावेशी प्यानल र साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी प्यानलले उम्मेदवारी घोषणाको तयारी गरेका हुन जसमध्ये समावेशी प्यानलले बुधवार दिउँसो १ बजे सिद्धार्थ कटेज सुर्खेतरोडमा उम्मेदवार घोषणा सभाको तयारी गरेको सचिवालयले जनाएको छ ।


त्यस्तै , प्रजातान्त्रिक समूहले शुक्रवार होटल कलपत्रुमा दिउँसो तीन बजे उम्मेदवारी घोषणाको तयारी गरेको जनाएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलको नेतृत्व अब्दुल वाहिद मन्सुरी चुन्ना र साझा प्रजातान्त्रिक व्यवसायी प्यानलको नेतृत्व ललित रौनियारले गर्ने पक्कापक्की भएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया