एक शिक्षकको हत्या आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्डको सजाय

एजेन्सी

शिक्षकको हत्या गरेको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्ड

अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

राष्ट्रपति ओमार अल वशीर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

शिक्षक हत्याको मुद्दामा सृुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो ।

राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन् चर्केको थियो ।

प्रतिक्रिया