सन नेपाल लाईफ इन्स्योरेन्स किरीया खर्च सुविधा दिने पहिलो बीमा कम्पनी

काठमाण्डौं :

सन नेपाल लाईफ इन्स्योरेन्स किरीया खर्च सुविधा दिने पहिलो बीमा कम्पनी

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल बीमा बाहेक अन्य जीवन बीमा योजना अन्तर्गत किरीया खर्च सुविधा दिने पहिलो कम्पनी भएको छ ।

उक्त कम्पनीको पुरक करार अन्तर्गतका य‍ोजनाहरुमा सन लाईफ सावधिक, नवीन आजिवन , सार्थक आजिवन , भाग्योदय जीवन बीमा, धन लक्ष्मी अग्रिम भुक्तानी सावधिक, धनञ्जय वार्षिक अग्रिम भुक्तानी सावधिक लगायतका योजनाहरुमा कम्पनीले कुनै बिमितको मृत्यु भएमा किरीया खर्च बापत कम्तीमा पनि बिमाङ्कको २५ प्रतिशत र बढीमा रु ५००००/- पचास हजार सम्म उपलब्ध गराउने नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयो ।

उक्त सुविधा सार्वजनिक गरे संगै कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको दुर्घटना मृत्यु सुविधा (ADB), स्थायी पूर्ण असक्तता (PTD) र बीमा शुल्क छुट सुविधा (PWB) रु ३० लाखबाट बढाएर रु ५० लाख पुर्याएको प्रबन्धक शाहीले बताउनुभयो ।

साथै कम्पनीले सार्वजनिक गरेको नयाँ योजना अन्तर्गत स्वर्णिम धनफिर्ता म्यादी जीवन बीमा योजना जसमा न्युनतम १० वर्ष अवधि , न्युनतम १० लाख बिमाङ्क र सो भन्दा माथि बीमा गर्नै पर्ने र उक्त अवधिमा कम्पनीमा जम्मा भएको किस्ता रकम बीमा समाप्तिमा एकमुष्ट फिर्ता गरिने कम्पनीले जनाएको छ , यो प्रक्रिया बीमा क्षेत्रमा नौलो भएको प्रबन्धक शाहीले बताउनुभयो ।

प्रतिक्रिया