कोरोनाविरुद्धको लडाइमा सलमानले गरे ट्रकभरीको खाद्य सामग्री सहयोग

एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । कोरोनाभाइरसका कारण फिल्मी कार्यहरु बन्द हुँदा पछिल्लो समय सलमान खान घरमै परिवारसँग समय बिताइरहेका छन् । भारतमा अहिले कोरोना महामारीको समयमा धेरै बलिउड कलाकारले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरिरहेका छन् । 

यस्तै अभिनेता सलमानले पनि  केहि समयअघि १६ हजार दैनिक ज्यालादारी मजुरलाई आर्थिक सहयोग गरेका थिए । उनले गरिबको खातामा पैसा पठाएका खबर पनि सार्वजनिक भएको थियो । यस्तै हालै पनि उनले अर्को सहयोग गरेका छन् । 

उनले फिल्मी उद्योगमा काम गर्ने दैनिक ज्यालादारी मजदुरका लागि ट्रकभरीको खाद्य सामग्री उनीहरुका लागि पठाएको भारतिय मिडियामा जनाइएको छ । उनले सहयोग गरेको ट्रकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

प्रतिक्रिया