नेपालगन्ज :

बाँकेको नेपालगन्जमा रहेको हेल्थ केयर अस्पताल तथा प्रसूति गृह (HCRC) द्वारा HCRC CUP ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ ।
सेवा नै धर्म हो भन्ने मूल नारा सहित स्वास्थ्य सेवामा समर्पित हेल्थ केयर अस्पताल तथा प्रसूति गृहले विकासको लागि खेलकुद क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य राखि प्रत्येक वर्ष HCRC CUP ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गरेको अस्पतालका अध्यक्ष डा- कुमार शान शाहले बताउनुभयो ।
उक्त टुर्नामेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि खेलाडीहरुले भाग लिन सक्ने डा- शाहले बताउनुभयो ।
उक्त खेलको आयोजना गर्नुको मुख्य उद्देश्य बाँके जिल्लामा खेलाडीहरु उत्पादन गर्नु र बालबालिकाहरुलाई खेलमा अभिप्रेरित गर्न सकियो भने उनीहरू गलत बाटोमा नलाग्ने शाहले बताउनुभयो ।
अनुमानित ३ लाखको खर्चमा गर्न लागिएको प्रतियोगितामा जुनियर अण्डर १३ छात्रछात्रा, जुनियर अण्डर १७ छात्रछात्रा , मिक्स डब्बलस् र दुल्ला डब्बलस् गरी ६ इभेन्टका खेलहरु रहेका छन् ।
उक्त प्रतियोगितामा डब्बलस् खुल्ला ब्याडमिन्टन प्रथम द्वितीय र तृतीय हुनेहरुलाई क्रमश रु ४०,०००/ , २०,०००/ र १०,०००/ पुरस्कारको व्यवस्था गरिएको, विद्यालय स्तरीय मिक्स डब्बलस् प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई ब्याट , आकर्षक टि-सर्ट , त्यसैगरी विद्यालय स्तरीय प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई पनि ब्याट , आकर्षक टि-र्सट र विद्यालय प्रथम, द्वितीय र तृतीय हुनेलाई सिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको उक्त अस्पतालका निर्देशक रमेश सिटौलाले बताउनुभयो ।
प्रतियोगितामा भाग लिने खेलाडीहरुले डब्बलस् खुल्ला टीम रु १५००/ , विद्यालय स्तरीय रु २००/ र विद्यालय स्तरीय मिक्स डब्बलस् रु ५००/ प्रवेश शुल्क लिइने डा- शाहले बताउनुभयो ।
नेपालगन्जको रङ्ग शालाको कभर्ड हलमा आयोजना गरिने खेललाई नेपालकै उत्कृष्ट खेलको रुपमा र ठूलो धनराशि भएको प्रतियोगितामा बिस्तारै लैजाने डा- शाहले बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष रोहित टण्डन, ब्याडमिन्टनका राष्ट्रिय कोच जयन्त श्रेष्ठ , ब्याडमिन्टनका राष्ट्रिय प्राविधिक अफिसर बाबुराम साहु , विभिन्न मिडियामा कार्यरत पत्रकार , शुभचिन्तकहरुको उपस्थिति रहेको थियोे ।
प्रतियोगिता पौष २४ गतेदेखि २६ गते सम्म चल्ने अस्पतालका निर्देशक रमेश सिटौलाले बताउनुभयो ।









