मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ । टिजरमा समावेश दृश्यहरू चलचित्रमा रहने छैनन् ।
नेपाली चलचित्रमा पहिलो पटक गरिएको निर्देशक मिलन चाम्सले बताए । यदि कोही मर्न सँग डराउँदिन भन्छ भने कि उ झुट बोल्दै छ कि त उ गोर्खाली (नेपाली) हो “मार्सल साम मानेस्का”को भनाइ समावेश टिजर नव नायक रितेश चाम्सको स्क्रिन टेस्ट गर्नको लागि नेपालमा नै छायाङ्कन गरिएको हो ।
वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केही समय पश्चात् छायाङ्कन सुरु हुने बताइएको छ । चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनले अभिनय गर्दै छन् ।
५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लन्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।
युके, अफगानिस्तान र नेपालमा छायाङ्कन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भइरहेको निर्माण पक्षले बताएको छ । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ









