बिश्वको सबैभन्दा अग्लो कंक्रीट ब्रिज टावर, एकै साथ चल्नेछ ट्रेन र कार

एजेन्सी :

बिश्वको सबैभन्दा अग्लो कंक्रीट ब्रिज टावर, एकै साथ चल्नेछ ट्रेन र कार

बिश्वको सबैभन्दा अग्लो कंक्रीट ब्रिज टावर जसको उचाई ११० तला घरको बराबर छ । जसको लम्बाइ २ किलोमीटर रहेको छ ।

चिनमा रहेको यो संसारकै सबभन्दा अग्लो कंक्रीटको ब्रिज टावरलाई गत मंगलबार देखी सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।

दक्षिण-पश्चिम चीनको गियाझोऊ प्रांतको पिंगटांग र लुओडियान पहाडलाई जोड्नको लागि यो संसारकै अग्लो पुल निर्माण गरिएको हो ।

पहाडको बिचमा रहेको यो पुल कुनै सुन्दर कलाकृति भन्दा कम लाग्दैन । यो पुलमा तीन वटा टावर सम्व्त रहेको छ भने हरेक टावरको उचाई अलग अलग रहेको छ ।

जसमध्ये सबैभन्दा अग्लो टावर को लम्बाइ ३२८ मिटर रहेको छ । त्यस्तै दोस्रो र तेस्रो टावरको उचाई ३२० र २९८ मिटर रहेको छ ।

गियाझोऊ प्रांतमा लगातार विकासको काम हुँदै गैरहेको छ । बिश्वको १०० सबैभन्दा उचाईमा रहेको पुल मध्य ४७ वटा पुल यहीँ प्रान्तमा रहेको छ ।
हेर्नुस् तस्वीर :

बिश्वको सबैभन्दा अग्लो कंक्रीट ब्रिज टावर, एकै साथ चल्नेछ ट्रेन र कार
बिश्वको सबैभन्दा अग्लो कंक्रीट ब्रिज टावर, एकै साथ चल्नेछ ट्रेन र कार

प्रतिक्रिया