थर होइन व्यवहार परिवर्तन गरौँ


विबेक लम्साल : ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ कवि लक्ष्मीप्रसाद देवकोटाकृत मुनामदनको यो पद्यांश सुन्दा जति प्रिय लाग्छ, यसको भाव पनि त्यति नै गहिरो छ । अहिलेको सताब्धि आएर पनि छुवाछूत र भेदभाव गर्नु घृणित कार्य हो ।

हिन्दुग्रन्थ गीतामा गुण र कर्मका आधारमा विभाग गरेर ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र यी चार वर्ण व्यवस्था गरिएको भनीएको छ ।

सो विभाजन गुण र कर्मका आधारमा भएको हो नाकि जात को आधारमा । जात फेरेर विभेद अन्त्य हुने भए धेरै बर्ष पहिले विभेद अन्त्यहुने थियो डा. साहेब ।

अहिलेको राजनीतिको अवस्था आफू सत्तामा हुँदा ब्यक्तिगत स्वार्थ परिपुर्ति गर्नका लागि तल्लिन हुने र सत्ता बाहिर हुदा सस्तो लोकप्रियता को लागि जनताको पक्षमा बोल्ने शैलिमा पुग्यो भन्दा गलत नहुन सक्छ ।

अबको हाम्रो छुवाछूत मुक्त समाजका लागि विभेद गरिएको जात हरुले समाजमा छाती फुलाएर आफ्नो जात गर्वका साथ लेख्ने बाताबरण सृजना हुनु पर्दछ र यसका लागि सर्बप्रथम आफ्नो आचरण र व्यबहार परिबर्तन गर्नु पर्दछ । अन्तरजातीय बिबाह, अन्तरजातीय भोजन केही मात्रामा हुदै आएका छन ।

यसका साथसाथै जुन सुकै कार्यमा फर्म भर्दा जात धर्म जस्ता सेक्सन राख्नु हुदैन । अनिवार्य शिक्षा लागू सगै बिधालय पुस्तकबाटै कसरि जातिय प्रथा सुरुवात भएको र कसरि परिबर्तन भई तल्लो जातको मानिसहरु भनेर हेपिएका छन भन्ने कुरा बच्चा अवस्था बाट बुझाउनु पर्दछ । जातीय मुद्दा भएमा त्सको लागि छुट्टै फास्ट ट्र्याक न्यायालयको बेवस्था गर्नु पर्दछ ।

घरमा बसीबसी विश्व परिवेसलाई नियाल्ने आधुनिक समाजले आफू भित्रको कुसंस्कारलाई नियाल्न सकिरहेको छैन। नवराज विक र उनको प्रेम सम्बन्धलाई समाजका अपराधीले मानव संवेदनशीलतासँगै भेरी नदिमा बगाइदिएको घटना एउटा उदाहरण घटना मात्र हो य्सता जातियताका सयौं घटनाहरु हाम्रो समाजमा एक पछी अर्को गर्दै घटिरहेका छन्।

छुवाछुत र जातिय विभेदका पिडाले थिचिएका मेरा दाजुभाई दिदिबहिनी हरुको पीडा मैले अनुभव गर्न नसकेको र मेरा पुर्खाहरुले बनायको बिभेदको पिल्लर म र म जस्ता ले हटाउन खोज्दा बल नपुगेको अनुभव उहाहरुले गर्न सक्नुहुन्न । अत हामी सबै मिलेर आफ्नो आचरण परिबर्तन गरि यस विभेद लाई अन्य गर्न लाग्नु पर्दछ ।

प्रतिक्रिया