सफलताको यात्रामा सारथी

डिल्ली राज गिरी

आज मैले केही स्मरणहरु लेख्दै छु,जसले मलाई सधै एउटा उर्जा प्रदान गर्यो। सायद त्यस्तो उर्जालाई मैले कुनै नयाँ नाम दिनु पर्थ्यो। किनकि दुनियाँ मा त्यस्ता धेरै उर्जाहरु छ्न,जसले मानिसलाई एउटा सफलता को बाटो तिर लिएर जान्छ। मानिस सफल हुनुमा दोस्रो व्यक्तिको सहयोग तथा समर्थनको जरुरी हुने गर्छ।

खासगरी मानिसको स्वभाव नै भन्नू पर्छ अधिकतम मानिसहरु सफलता पछाडिको संघर्षशील सारथी लाई भुल्ने गर्छन् ,जसले गर्दा सफलताको भबिस्य लाई नै अन्योल तिर धकेल्ने बाटो को बिकास हुने गर्छ। त्यस्तै प्रकारको एउटा स्मरणीय क्षणको चर्चा गर्दै छु,जसले आजको अवस्था सम्म पनि एउटा साचो प्रेमको अस्तित्वलाई जिवित राखेर,सफलताको सारथीको महत्त्वलाई अझ बढी प्रभावकारी तथा आत्मीय बनाउने बाटोमा हाम्रो समाजलाई लिन सक्छ भन्ने लाग्छ। सन्दर्भ एउटा सामाजिक संजाल भित्रको हो,जति खेर मैले पनि त्यसको प्रयोग गर्दै थिए। सायद नेपाली समाजमा त्यसको प्रयोग एकदम कम छ।

मैले अध्ययन तथा खोज कै सिलसिलामा त्यस् सामाजिक संजालमा आफ्नो उपस्थिति जनाएको हु। भने अर्कोतिर एउटा छुट्टै संसार ,जहाँ मानिसहरू सुन्दर भविस्यको निम्ति संघर्षरत छन् भने कामको चाप,चारैतिर कोलाहल,उकुसमुकुस को स्थिति छ।त्यसकै बीचमा मैले एउटा नयाँ अनुभवको थालनी गर्दै थिए।

मेरो लागि एउटा नौलो अनुभव,नयाँ साथीहरू समग्रमा भन्नुपर्दा सबै अवस्था एउटा नौलो अनुभुती को रूपमा विकसित हुदै थियोे। मेरो प्रवेश संगै मैले मेरो एउटा असल मित्रलाई पनि त्यसको बारेमा जानकारी गराएको थिए,खासगरी उहाँ साहित्य लेखनमा अलि बढी ब्यस्त रहने मान्छे हुनुहुन्छ। खोज तथा गहिराईमा पुगेर भावनात्मक तथा देशभक्ति रचनामा अलि धेरै लगाव छ उहामा।

त्यही व्यस्तताका बाबजुद पनि उहा त्यसमा जोडिना पुग्नु भयो। भावनात्मक रूपमा हामी धेरै नजिक थियौ,भौगोलिक हिसाबले टाढा भय पनि। अनि हाम्रो एउटा नयाँ अध्यायको सुरुवात भयो् जुन हाम्रालागि बिल्कुलै नयाँ थियो। कहिले उतारचढाव त कहिले कुनै विषयबस्तु माथीको छलफल त कहिले रमाइलो हुदै बित्दै थियोे।

हाम्राबीच केहि असमझदारीहरु पनि थिए,तर छलफलबाट समाधान हुने खालका। अझै भन्नुपर्दा कुनै नयाँ चिजको खोज र अध्ययननै हाम्रो असमझदारीको कारण थियोे। स्वभावैले हामीलाई कुनै नयाँ खोज र अध्ययनमै रुची छ। समयको कालखण्डसंगै हजारौं साथीहरू संग भेटघाट ,बार्तालाप हुँदै थियो। नयाँ नयाँ अनुभवहरु को आदानप्रदान हुदै थियो। समयको गति संगै मेरो साथीको एकजना युवती संग भेट भयो।

जसको औपचारिक पढाई पुरा भएर नयाँ सिद्धान्तको खोजीमा सामाजिक सर्कलको अध्यनमा हुनुहुन्थ्यो। उहाँ सामाजिक,बौद्धिक,राजनैतिक,आर्थिक तथा सांस्कृतिकरुपले परिपक्व हुनुहुन्छ्। उहाँ सङै भेटहुने अवसर मिल्यो मेरो साथीलाई। सायद एउटा साहित्यकार भएको हुनाले पनि हुनसक्छ,उहाँहरूको भेट तथा केही घटनाक्रमहरु मेरो लागि अविस्मरणीय बन्न पुग्यो। उहाँहरू बाट नि मैले केहि सिक्ने अवसर पाए।

समयको कालखण्ड संगै उहाँ दुबैजनाको भावनात्मक एकता भयो। एक-अर्कोपर्ति को घनिष्ठ बिश्वासको आधार तयार भयो। जो अहिले सम्म मैले देखेको सम्बन्ध भन्दा अलि फरक र सृजनशिल छ। एउटा गतिका साथ उहाँहरू सुन्दर भविस्य निर्माणको अविरल यात्रामा निरन्तर लागिरहनु भएको छ। खासगरी मानिसले आफ्नो सफलताको पछाडिको सारथीलाई भुल्ने प्रवृत्तिको लागि एउटा गतिलो उदाहरण बन्न सफल भएको मेरो मुल्यांकन छ।

अहिलेको यो जटिल अवस्थामा पनि एक अर्काको सम्मान,महामारीका विरुद्ध लड्ने साझा संकल्प अझ उहाँहरू बाट सिक्न लायक छ। पछिल्लो समय नक्कली राष्ट्रवाद को अगाडि उहाँहरूको राष्ट्र प्रतिको प्रेम, माटो प्रतिको जिम्मेवारी बोध, समाजप्रतिको उत्तरदायित्व अझ सम्मान गर्न लायक छ। अहिले सम्म उहाँहरुको सम्बन्ध सुखी छ,भविस्यमा पनि अझ सुखी हुदै जाने बिश्वास लिएको छु। साथै राष्ट्र निर्माण को महान अभियानमा तपाइँहरूको भौतिक तथा बौद्धिक क्षमताको योगदान हुनेछ,भन्नेमा पुर्न आशावादी छु।

प्रतिक्रिया