तस्वीरमा नेपालगन्जको मुटु पुष्पलाल चोकमा रहेको खाल्डाखुल्डी

नेपालगन्ज :

नेपालगन्जको मुटु पुष्पलाल चोकमा खाल्डाखुल्डी

बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित पुष्पलाल चोकमा लामो समय देखि खाल्डाखुल्डी रहेको छ ।

पुष्पलाल चोकमा हाइ मास्ट लाईट राख्ने भनेर उप महानगरपालिकाले खनेको खाल्डो लामो समय बित्दा पनि त्यत्तिकै छ , उक्त चोकदेखि बसपार्क जाने बाटोमा पनि खाल्डाखुल्डी भएर सवारीसाधन आवातजावत गर्न गाह्राे भएको पुष्पलाल चोकमा मोबाइल पसल गरि बसेका बासुदेब घिमिरेले बताए ।

पुष्पलाल चोकमा फलफुल व्यवसायी गरेर बसेका खेमराज घिमिरेले यस्तो खाल्डाखुल्डी भएको धेरै समय भएको तर अहिलेसम्म कसैले चासो नदेखाएको गुनासो गरे , त्यस्तै बसपार्क रोडमा वर्षौंदेखि जुत्ता चप्पल सिलाएर बस्ने गरेका हनुमान गौतमले यो रोड बने देखि नै यस्तै खाल्डाखुल्डी भएकोले यहाँ अटो रिक्सा लगायतका सवारी साधन गुडाउनमा समस्या परेको उनले बताए ।

हेर्नुस् तस्वीर :

प्रतिक्रिया