२४ घण्टामा थपिए १ लाख ४० हजार कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ४० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४० हजार ८५० संक्रमित थपिएका हुन । सोही अवधीमा ४ हजार ६ सयको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा सबैभन्दा बढी अमेरिकामा २७ हजार २ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा ७ सय ९१ जनाले ज्यान गुमाएका छन ।

अमेरिकामा जम्मा २१ लाख १६ हजार ९ सय संक्रमित छन । ती मध्ये १ लाख १६ हजारको मृत्यु भइसकेको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा २४ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ४३ जनाले ज्यान गुमाएका छन । ब्राजिलमा ८ लाख २९ हजारमा संक्रमण पुष्टि भएको छ ।

तेस्रो स्थानमा रहेको रुसमा ८ हजार र चौथो स्थानमा रहेको भारतमा ११ हजार नयाँ संक्रमित थपिएका छन् । पाँचौं स्थानमा रहेको बेलायतमा १ हजार नयाँ संक्रमित थपिएका छन ।

विश्वभर ७७ लाख २५ हजार ९ सय बढी संक्रमित छन । ती मध्ये मध्ये ३९ लाख १९ हजार ३ सय २४ जनाले कोरोना पराजित गरेका छन ।संक्रमण पुष्टि भएका मध्ये ४ लाख २७ हजार ६ सय ८९ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया