डिल्ली राज गिरी
`नेपाली हामी रहौला कहाँ नेपालै नरहे!´ भन्ने नाति काजीको गीति बाट यो लेखको सुरुवात गर्दै छु। उहाँले गाएको गीत जति पुरानो हुदै गयो,त्यति नै बढी समय सान्दर्भिक हुदै गरेको हुन्छ,हाम्रो नेपाली समाजमा। खासगरी राष्ट्रियताको सवाल उठ्ने बित्तिकै यो गीत सबै नेपाली को मुखमा गुन्जिने गर्छ।
साथै एउटा यस्तो मानसिकताको बिकास गरिदिन्छ,कि हामी सबैको मन ढक्क फुलेर आउँछ,अनि देश प्रतिको मायालाई आत्मै देखि उजागर गरिदिन्छ। त्यसैले अहिलेको समय संग अति सान्दर्भिक गीत हो। पछिल्लो समयमा नेपालले बिश्व जगतमा एउटा अस्ताउदै गरेको हाम्रो स्वाभिमान लाई जबर्जस्त रुप स्थापित गर्न सफल भयो। यो महान अभियानमा लाग्नु भएका सम्पुर्ण आम नेपाली नागरिक तथा नेपाल सरकार मा धेरै धेरै धन्यवाद।
बिश्व तथा भारतीय राजनीतिमा गम्भीरतापूर्वक हेरिएको नेपालको दोस्रो संविधान संसोधन सर्वसम्मत पारित हुनु,नेपालको निम्ति सुखद तथा दुरगामी महत्त्व राख्ने विषय हो। राष्ट्रियताको सन्दर्भमा विषयबस्तु को उठान हुदा,राजनीतिक रङ्ग दिने र प्रतिफल आफ्नो पक्षमा पार्न खोज्ने नेपाली राजनीतिक चरित्रका सामुन्ने,नेपालको दोस्रो संविधान संसोधन प्रक्रियाले त्यो चरित्रको ब्रेक गरेको छ। हिमाल,पहाड तथा तराईमा बस्ने सम्पुर्ण नेपालीलाई आफ्नो देश प्रतिको माया समान छ,भन्ने कुराको पुष्ठि गरेको छ।
खासगरी नेपाल सरकारले आन्तरिक तयारीको लागि भन्दै संविधान संसोधन प्रस्ताव केहि दिन स्थगित गरेको घटनालाई लिएर भारतीय संचार माध्यमहरु मा एउटा नयाँ विषयबस्तु ले प्रवेश पायो।उनीहरुले नेपाल कालापानी मुद्दामा पछी हटेको र भारतकै जीत भएको कुरालाई प्राथमिकतामा राखेर समाचार प्रकाश प्रसारण गरे। त्यो घटनाले देशभक्त नेपालीलाई झसङ्ग त पार्यो,तर सम्पुर्ण नेपालीको एकता तथा धैर्यताका कारणले त्यस्तो गलत प्रचारको पर्दाफास गर्यो।
राजनीति बिचारहरु जे जस्तो भएपनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले जोडेर गएको हाम्रो प्यारो भुमिलाई अहिलेको नेपाल सरकारले सम्बर्द्धन गर्यो,यो नै हाम्रो मौलिकता हो। इतिहासमा हाम्रो पुर्खाले देश प्रति गरेको त्याग नै हामी सम्पुर्ण नेपालीको प्रेरणा हो। त्यसकै प्रभावले अहिलेसम्म हामीलाई देशप्रति उच्च भावना प्रकट गर्न प्रेरित गरेको छ। हामीले बिश्वमा धेरै देशहरु देखेका छौ,जसले आफ्नो राष्ट्रियतालाई नै बेचेका छ्न।
त्यसका पछाडी उनीहरुको पुर्खाले देशको निम्ति त्याग नगर्नु नै हो। नेपालको इतिहासमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह देखि अहिलेसम्म सम्म आउँदा तीन तरिकाले राष्ट्रियताको संरक्षण गरेको देखिन्छ। पृथ्वीनारायण शाह बाट सुरु गरिएको एकीकरण अभियान सुगौली सन्धि सम्म आइपुग्दा रक्षात्मक स्थितमा पुग्यो। बिश्व जगतमा उदाउँदो चीन तथा भारतीय साम्राज्यबाट नेपालको रक्षा गर्ने प्रक्रियामा पनि नेपाली राजा तथा राजनैतिक पार्टीको महत्त्वपूर्ण भुमिका छ।
यो बीचमा केहि राष्ट्रघातका घटनाहरु पनि छ्न,त्यतातिर अहिले जान चाहन्न,त्यो विषयमा अर्को लेखमा प्रष्ट पार्नेछु। अहिलेको अवस्थामा इतिहासकै शक्तिशाली सरकारले गुमेका अथवा विवादमा पारिएका नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया सुरुवात गरेको छ। सरकारको यो कदमलाई सम्पुर्ण नेपालीले सहयोग गर्नु पर्छ,अन्यथा हामीले इतिहासमा केहि सम्भावनाहरु गुमाउने छौ।
खासगरी अहिले केहि अचम्मित प्रकारका सडक आन्दोलनहरु देखिएका छ्न। आन्दोलनका आवाज हरु त राम्रा प्रवृत्तिका छन,तर अचानक र यस्तो परिस्थितिमा अलि सान्दर्भिक छैनन कि भन्ने लाग्छ। प्रशान्तसागरमा युद्ध भए चीन संग अमेरिकाले हार्ने लज्जाजनक पेन्टागन प्रतिवेदनले विश्व राजनिति फरक भैसकेकाे अाङकलन गरिन्छ। एफ ३५ बेच्न अमेरिकाले एस ४०० रुस बाट नकिन्न नत्र कार्वाही गर्ने दबाब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएपछि स्पष्ट मित्रको खेमा नछुट्टिदा भारत एक्लिएकाे अबस्थामा छ। चीन सेनाले पनि लद्दाखमा तीन ठाउँमा सिमा नाघेर जमिन कब्जा गरेर सेना राख्दा समेत मोदी सरकार निरीह बन्न पुगेको देखिन्छ।
भारतले चीन घेर्न नेपाली भुमि लिम्पियाधुरा,लिपुलेख कालापानि कव्जा गरेकाे र हटाउन नसकेकाे अबस्था यदि भयो भने, यस्ताे परिस्थितिमा चीनले असुरक्षित ठानेर भारत घेर्न अथवा एमसिसि चीन बिरुद्ध को रणनीति बुझेर केहि कदम उठाएमा नेपाली भुमिमा केही समस्या पर्न सक्छ। त्यसैले यस्तो परिस्थितिमा आन्दोलन को औचित्य माथी नै प्रश्न उठ्न सक्ने भएकाले यता पट्टि अहिले जान उचित हुदैन जस्तो लाग्छ। अर्कोतिर कुनै बाहिरी शक्तिको चलखेलमा देशमा अराजकता फैलाउन खोजिएको तर्फ तिर पनि हाम्रो आखा सोझिनु जरुरी छ।
एमसीसी परियोजना असफल को यात्रा अविरल संघर्षरत सबैमा पुनः एक पटक हार्दिक आभार प्रकट गर्दै,,सबैले एमसीसी परियोजना विरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गर्दछु। साथै अरु पनि केही सरकार का आन्तरिक अनियमितता को अध्ययन,खबरदारी तथा कार्वाही को प्रक्रियामा ल्याउनु पर्ने आवश्यकता पनि औल्याउँदै,राष्ट्रियता संरक्षणको यात्रामा सधैं प्रतिबद्ध होऔ भन्ने कामना गर्दछु। जय नेपाल।।










