स्वर्ग भन्दा पनि सुन्दर छ मेरो जन्म भूमी पोखरा । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा प्रकृतिको सुन्दर उपहार हो । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदि र झरणा प्रकृतिका देन हुन । प्याराग्लाइडिङ, अल्टालाइट, बन्जिजग्म र सिपफ्याएर जस्ता मानव निर्मित साहसिक खेल यहाँका आकर्षण छन् ।
नेपालमा आएका प्रर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आएकै हुन्छन् । पोखरा त्यतिकै पोखरा भएको होइन् । पोखराको ट्रेडमार्क नै हो । फेवाताल, माछापुच्छे्र हिमालको छाँया, हिमाली, शृंखला हिमाल र पोखरा संग धेरै थरी विशेषता जोडिएका छन् । पोखराबाट माछापुच्छ्रे हिमाल सम्मको हवाई दुरी ३३ किलोमिटर मात्र छ । यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ । संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ वटा पोखराबाटै देख्न सकिन्छ । धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमाल ८ हजार मिटर भन्दा अग्ला चुचुरा हुन । पोखरामा फरक फरक स्वादमा घुम्न पाइने ठाउँ छन् ।
पोखरमा पहिलो आकर्षन भनेको फेवा ताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ्रे हिमालको प्रतिबिम्ब तालमै पौडी खेलेको देख्न सकिन्छ । त्यसमाथि तालको बिचमा रहेको तालवाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तब्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । डुङ्गा चढेर तालवाराही मन्दिर जानु जति बाध्यता हो त्यो भन्दा बढी त्यसले दिने आनन्द हो । पोखरामा फेवाताल मात्रै नभएर अर्को सुन्दर ताल वेगनाश पनि छ । त्यसैगरी पोखरा उपत्यकामा अरु ताल पनि छन् कमल, रुपा, खास्टे, दिपाङ्ग, गुदे, मैदे र न्युरेनी यी तालका आ–आफ्नै विशेषता छन् ।
पोखरामा जुनसुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ । पोखरामा कफिको बसाईसँग वाईनका सुताई सम्म हिमाल हेर्न पाईन्छ । त्यहाँबाट कुमारी माछापुछ्रे्र, पुट्ठा, शिउचुली, धौलागिरी प्रथम मोदित्से साउथ अन्नपूर्ण, घान्द्रुक हिउँचुली, फ्याङ, निलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, यर्दी, लमजुङ, मनास्लु लगायत दर्जनौं हिमाल देखिन्छन् ।
पोखरामा ताल जस्तै गुफाहरु प्नि धेरै छन् । पोखरा १७ छोडेपाटनमा गुप्तेश्वर गुफा धेरै पर्यटक जाने गुफा पनि हो । दुई भागमा विभाजित गुफाको पहिलो भाग चालीस मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर छ । त्यसपछि गुफामा करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिस फल्स देखिन्छ । त्यसैगरी पोखरा – १६ बाहुलेचौरमा महेन्द्र गुफा छ । गुफा भित्र १ सय २५ मिटरसम्म सजिलै जान सकिन्छ । महेन्द्र गुफाबाट ७ सय मिटरको दुरीमा यो गुफाको नाम चभेरे गुफा हो । चमेरे गुफा १सय ५० मिटर लामो छ ।
पोखरामा ५ वटा संग्रहालय छन् । सबै भन्दा बढी पर्यटकहरुको पहिलो रोजाई अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय हो । रातो पहिरोमा पर्वतिय जनजिवन चिनारी दिने अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय हो । त्यसैगरी गोरखालीको बहादुरी सम्झाउने के आईसिरु पुुल छेवैमा छ । शक्तिघाटमा गुरुङ जनजिवन झल्काउने संग्रहालय क्होइवो छ । त्यसै गरी पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिष्ट्र म्युजियम पुतली संग्रहालय बनेको छ । त्यहाँ ६ सय प्रजातीका पुतली छन् । नयाँ बजारमा क्षेत्रीय संग्रहालय छ । जहाँ पश्चिमाञ्चलको जनजिवन झल्काउने गरी राखिएको छ ।
पोखरा पर्यटकहरु विभिन्न बहानामा आउने गर्दछन् । पोखरा धार्मिक रुपमा पनि पर्यटकहरु ऋाउने गर्दछन् । पोखराका विन्ध्ववासिनी तालबराही, भद्रकाली मन्दिर, कास्की कालिका, अकलादेवी, मन्दिर रहेका छन् । त्यसैगरी विश्वशान्ति स्तुपा, माटेपानी गुम्बा, जामे मस्जित रामघाट चर्च लगाएतका छन् । घुम्नलाई तिब्बती शरसार्थी क्याम्प छ । हेम्सा, पृथ्वीचोक र छोरेपाटनमा
हावामा कावा खाँदै पोखरा र हिमाल नियाल्नका लागि पनि आधुनिक माध्यायमले प्रयोग गर्न सकिन्छ । प्याराग्लाडिङ मार्फत पोखरा हेर्नका लागि सराङकोट उड्न फेवा किनारमा झर्न सकिन्छ । पोखरा विमानस्थलबाट ३ वटा अल्ट्रालाइट सिटलाइनबाट हेम्सा झरेर बठिस सम्म गर्न सकिन्छ ।
बियोग सम्झाउने छाँगो
छेरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवा बाँधबाट आएको भेलले श्रीमती डेभीलाई बगायो । छाँगो भित्र खसेर उनको मृत्य् भयो । त्यही समय देखि छाँगोलाई डेभिस फल्स भन्न थालिएको हो । त्यसको पानी भुमिगत भई १ किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
पोखराको साराङकोट सुर्योदयका लागि प्रख्यात ठाउँ साराङकोटबाट सुर्योदय हिमाल पोखरा र ताल हेर्न दैनिक पर्यटकहरु जाने गर्दछन् । त्यसैगरी पोखराका सुर्योदयका लागि शान्ति स्थुप काहुडाँडा पनि प्रख्यात छन् । पोखराको मध्यभागबाट बगेको सेती नदी केआई सिंह पुल देखि कालिखोला दोभान सम्म नायज थान देखि तुलसी घाट सम्म र रामघाट देखी ढुङगेसाँघुम्स धर्तिभित्र लुकेर सेती नदी बग्ने गरेकी छन् । पोखरा त पोखरा नै हो ।










