नारीको पिडा र वेदना समेटिएको मौलिक तिज गीत “जाम कि नजाम भो ”

नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले  र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।

कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन  । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ  । गीतका शब्दहरु मौलिक सिर्जनाको विकाश गर्नुपर्ने आधार मा तयार गरिएको छ  ।चेलीले भोगेको पिडा र उसको परिवार सगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन  ।दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको नि

र्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ  । “जाम कि नजाम भो ” गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफलेको अभिनय तथा नृत्य रहेको छ  ।

“जाम कि नजाम भो ” गीतको पुरा भिडियो यहाँ हेर्नुहोस्

प्रतिक्रिया