खोई त नेपाली कहाँ मर्यो ?

मित्रलाल सापकोटा

बर्षा यामको घनघोर पानीमा उर्लेर आएको बाढीको खोला तर्दा हर्क बहादुर थापा र बिर्ख बहादुर बिक श्याम प्रसाद शर्मा अनि कान्छीमायाँ तामाङ

बगेको खबरले स्तब्ध म मेरा गाउँले मेरा नेपालआमाका सन्तति आफुबाट पर भएको व्यथामा व्याकुल हुँदा

मनले आफैलाई सान्त्वना दिइरहँदा आएको एउटा खबरले यो मृत्युको पीडा भन्दा पनि अझ स्तब्ध बनायो

‘हिजो खोला तर्दा बगाएर एउटा दलितको मृत्यु भएछ’ मरेका चार जना पो थिए त्यहाँ त चारै जना पो नेपाली थिए तर

समाचारले त एक जना दलित पो भन्यो खोइ त त्यहाँ नेपाली कहाँ मरेछ ? गढीमाईको मेला भर्न जाँदा मेरा पल्लाघरका रम्तेल बाजे नालापारी गाउँका वीर प्रसाद थारु मझौलीपुरवाका गोविन्द यादव पंण्डित बाजे र कुलमान राईबा चुरियामाईमा गाडी पल्टिँदा मरेको सुनेर गाउँ नै स्तब्घ थियो अस्पताल र प्रहरीमा खबर पाउने हतारो तर रेडियोले त फुक्दै थियो ‘एक जना मधेशीको दुर्घटनामा मृत्यु भयो’

मेरो मनले त त्यहाँ पनि नेपाली खोज्यो खोइ त त्यहाँ मरेका पाँच जनामा खोई त नेपाली कहाँ मरेछ ?

इण्डिया र पाकिस्तानको गोलाबारीमा राम बहादुर बुढाक्षेत्रीको मृत्यु भयो उता चीनसँगको झडपमा इण्डियन फौजका

थम्मन बहादुर मगर, हर्कमान नेपाली मरेको खबरमा इण्डियाले भन्दै थियो ‘तीन वीर गोर्खा सैनिकको मृत्यु भयो’ तर

हाम्रा बुद्धिजीविहरु टी भी र सञ्जालमा

बसेर मुख मिठाउँदै शानसँग गफिँदै थिए ‘एउटा आदीवासीको छोरो मरेछ’ आफ्नै कानमा भरोसा कसरी गर्नु अब ? आफैलाई नेपाली कसरी भन्नु अब ? ठाउँ ठाउँ नेपाली मरेको कथामा कहिँ कतै पनि नेपाली थिएन कि त म गलत थिएँ झैं लाग्यो फेरि भन्यो मनले आफैलाई आफ्नै मनले सोध्यो ती खबरीलाई सोध्यो ती बुद्धिजीवीहरुलाई खोई त कहाँ नेपाली मर्यो ?

प्रतिक्रिया