नेपालगन्ज :

नेपालगन्जमा जारी महोत्सवमा मिस नेपालगन्ज २०१९ तथा लिटिल मिस भेरीका विजेता तथा प्रतिसपर्धीद्वारा फेसन शो प्रस्तुत गरिएको छ ।
एक्स जेनेरेसन इभेन्ट एन्ड एड एजेन्सी प्रालिले भर्खरै सम्पन्न गरेको मिस नेपालगन्ज तथा लिटिल मिस भेरिका विजेता तथा प्रतिसपर्धीले सोमबार फेसन शो प्रस्तुत गरेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा शुरु महोत्सवमा सो मिस नेपालगन्ज तथा लिटिल मिस भेरीले शो प्रस्तुत गरेका हुन् ।
फेसन शो संगै मिस नेपालगन्ज तथा लिटिल मिस भेरीका विजेता , सहभागी , इभेन्ट कोर्डिनेटर रामु ओली , कोर्डिनेटर तथा असिस्टेन्ट कोरियोग्राफर तथा पुर्व मिस नेपालगन्ज २०१७ कि विजेता दिपिका श्रेष्ठ, कोर्डिनेटर तथा पुर्व मिस नेपालगन्ज २०१५ कि विजेता सुमन थापा, कोर्डिनेटर सौभाग्य जंग शाह, कोर्डिनेटर तथा अफिसियल फोटोग्राफर निरज कार्की ( एल्भिन ) ,ठकुरी पत्रकार संघ नेपालकी अध्यक्ष करुणा शाह, असिस्टेन फोटोग्राफर अमिर खान र जितु चौहान ,मिडिया पार्टनर नागरिक समाज डटकम , ड्रेस डिजाइन तथा स्पोन्सर सिल्क फेसन बुटिक लगायतका ब्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो ।
साथै कार्यक्रममा एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले मिस नेपालगन्जकी २०१९ को असिस्टेन्ट कोरियोग्राफर दिपिका श्रेष्ठलाई एक्स जेनेरेसको कोरियोग्राफरको रुपमा घोषणा समेत गरेका थिए ।
नेपालगन्जमा सौन्दर्य प्रतियोगिताको लामो समय देखि अभ्यास गर्दै स्थापित गरेको एक्स जेनेरेसनले केही बर्ष देखी मेला तथा महोत्सवमा कल्चर फेसन शो तथा फेसन शो गर्दै छ ।
सौन्दर्य प्रतियोगिता तथा मेला महोत्सवमा कल्चर फेसन शो को सुरुवात एक्स जेनेरेसनले गरेको र यसलाई सबैले मनपराइदिनु भएकोमा प्रेसिडेन्ट शाहले धन्यवाद ज्ञापन दिएका थिए ।









