विकटका मनहरू

त्रिलोचन सुवेदी

यहाँ

यी मनहरूले

यो ठाँउ विकट बनाएको छ ।

आकाश बाट पारिलो तरिकाले सुर्यले किरण यहि पठाउछ

हाबा स्वच्छ र सफा भएर यहि दैडन्छ

खोला कन्चन मन लियर यहि लडिबुडि खेल्छ

यहि ठाँउका केटाकेटिहरू बढि ईमान्दार छन

यति शुन्दर ठाँउ

यी मन हरूले गर्दा बिकट बनाएको छ

केही युवाहरू छन

जो आफू बद्लिन चाहादैनन केही बयस्क छन जो कसैलाई सराप्न

दिन काट्न मात्र चाहान्छन

केही बृद्धहरू छन

जो आफैमा एक घरको शोभा भएकाछन

जो चल्बलाए भने घरको रूप बिग्रन्छ ।

घरि घरि लाग्छ

त्यो उज्यालो जून त्यो डाडा पारिको लागिमात्र उदाएको हो

त्यो डाडा पारिको हावा आउनु हुदैन यता तिर

यतै रूमल्लिनु पर्छ

यी बय जस्ता अनुहारहरू त्यो घाम खोला पारिको लागिमात्र हो

त्यो हावा आकाश माथिको लागि मात्र हो

ताराहरू कहिल्यौ रमाएनन यो ठाँउमा

केही जोर मन छन

जो कहिल्यौ बद्लिन मन गरेनन

यसै कतै अल्झिन मन छ उस्लाई

यसै गरि बल्झिन मन छ उस्लाई ।।

प्रतिक्रिया