काठमाडौँ :

कलाकारहरूको जीवनमा आधारित फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सेल्फी किङको भूमिकामा अभिनेता विपीन कार्की देखिएका छन्।
एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् ।
ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ को जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ ।
चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।
विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ ।
आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रका सह–निर्माता प्रबल कोइराला र राजेश विसुराल हुन् ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ ।









