दोस्रो मेयर रनिङ सिल्ड प्रतियोगितामा ६५ इभेन्ट हुदै

खजुरा :

शिक्षा, स्वास्थ्य र खेलकुद खजुराको सान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आयोजित दोस्रो अन्तर विद्यालय मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ स्थित अमर मावि गौतमबस्तीमा पौष २५ देखि २७ सम्म सन्चालन हुने प्रतियोगीतामा ६५ इभेन्ट समावेश गरिएका छन् ।

१ हजार ४ सय ६ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगीताका लागी खजुरा गाउँपालिकाले ५ लाख रुपैयाँ बिनियोजन गरेको आज आयोजित पत्रकार सम्मेलन प्रतियोगिता संयोजक तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

गत बर्ष देखी सुरु मेयर कपको पहिलो संस्करण जनसेवा मावि पुरैनिमा सम्पन्न भएको थियो । दोस्रो संस्करण अमर माबि गौतमबस्तीमा आयोजना हुने भएकाले विद्यालयले नयाँ भौतिक संरचना समेत पाएको अध्यक्ष कक्षपतिले बताए ।

स्कुल ब्यवस्थापन समितीका अध्यक्ष डम्बर बिक तुफानले गत बर्षको प्रतियोगीताको प्रभावका कारण नै दोस्रो संस्करण गर्न आफुहरुको उत्साह बढेको बताए ।

प्रतियोगीताकै लागि भनेर ११ वटा गेट निर्माण भइरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया