ब्राजिलमा कोरोनाले ६५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ५५६ पुगेको छ ।

यस्तै एकै दिन २१ हजार ४८६ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८१ हजार ९०० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया