नामै काफी छ…कोहिनुर

डिल्ली राज गिरी

प्रेम अथवा माया एउटा पबित्र आत्माको मिलन हो। सायद संसारका हरेक दर्शनहरुमा प्रेमको उपस्थिति अनिवार्य प्रायः जस्तै छ। पूर्वीय दर्शनमा समाबेश आदिम युगका प्रेम कथाहरु हुन,चाहे मध्य पुर्बका केहि आदर्श प्रेमका कथा हुन। अझ खास गरि  कार्ल,जेनि बीचको प्रेम होस,चाहे ओशाे रजनीस ले प्रेम लागि गरेको उत्कृष्ट परिभाषा होस। अझ भनौ मानव जातिकै धरोहरका रूपमा रहनु भएका महान बैज्ञानिक अल्वर्ट आइस्टाइनले आफ्नो छोरी लाई सम्बोधन गर्दै लेखेको पत्र र त्यसमा समावेश गरिएका  विषयबस्तु हुन।

अहिलेको अवस्था सम्म आइपुग्दा पनि प्रेम लाई एउटा सुन्दर अथवा पबित्र आत्माको मिलन भनेर बुझ्ने मान्छेहरुको कमि छैन। विभिन्न दार्शनिक हरुले प्रेम लाई आ आफ्नो तरीकाले ब्याख्या गरे पनि,हाम्रो नेपाली समाजमा हाम्रो आफ्नै मौलिकता छ,जसले अहिले बिश्वको बदलिँदो अवस्थामा पनि प्रेम प्रतिको बिश्वासलाई जिवित राखेको छ। प्रेम अथवा माया भन्ने कुरा पृथ्वीको आयु संग सम्बन्धित कुरा पनि हो। जगतमा रहेका हरेक प्राणीहरु प्रेम बिना पुर्ण हुदैनन्। त्यसमा पनि मानवको निम्ति त प्रेम एउटा यस्तो वरदान हो,जसले जीवन नै परिवर्तन गरिदिने सामर्थ्य राख्दछ।

जब सम्म पृथ्वीमा जीवको अवशेष रहन्छ,तबसम्म प्रेमको अस्तित्व सुरक्षित रहन्छ। खासगरी यहाँ नेर एउटा अद्भुत तथा कलिलो प्रेम कहानीको चर्चा गर्दै छु। जसको सम्बन्ध भावनात्मक रुपले स्थापित भएको छ।

सायद जीवनमा अचानक परिवर्तनहरु हुन्छन्। अझ भन्न पर्दा अपरिचित मान्छे। हुनत हामी नेपालीहरु वास्तवमा अपरिचित चाहिँ हैनौ। किनकि हाम्रो पहिचान कै कारणले हामी संसारमा चिर परिचित छौ। त्यसैले कोहि अन्जान मान्छे कसैको जीवनमा एउटा कोहिनुर हिरा भन्दा पनि महङ्गो बनेर आउँछ। मानौ आजको पात्र कोहिनुर। नामै काफी छ..कोहिनुर। हामी सबैलाई थाहा भएकै कुरा हो,कोहिनुर एउटा धेरै महँगो हिरा हो,जसलाई प्राप्त गर्नु सबैको निम्ति सपना हो। हुनत मान्छे को कसि नाप्ने यन्त्र,उ भित्र भएका गुणहरु ले हो। तर केहि यस्ता मान्छेहरु पनि छन,जसलाई नाप्न कसि को प्रयोग नै गर्नु पर्दैन।

सायद मलाई धेरै थाहा छैन उनको अथवा कोहिनुरको बारेमा,तर पनि केहि लेख्दै छु। चाहिने जति मात्र बोल्ने,बोल्नै परेपनी बोल्नै पर्ने कुरा मात्र बोल्ने,समय समयमा थोरै रमाइलो गर्न साथीहरू संग जिस्किने तर तुरुन्तै गम्भीर भैहाल्ने, सबैको अभिभावक बन्न बढी रुचाउने, जीवनलाई सफलता तर्फ लिन प्राय सोचिरहने,मिठो स्वर,मन्द मुस्कान र केहि लजालु स्वभाव कि सुन्दर कोहिनुर को चर्चा गर्दै छु। हो उनलाई थाहा छ।

यो धर्ति कती सुन्दर अनी मनमोहक छ भनेर। तर पनि कता कता पीडाको बोध हुन्छ होला। सायद जीवनका बाटाहरु नै यस्तै पीडाहरु ले भरिएका छन। पुर्खाको भनाइमा सत्यता हुन्छ भन्छन र भन्ने गरिन्छ पनि। लेखेको पाइन्छ देखेको पाइदैन, हो यो कुरा सोध्न चाहन्छु। के त्यो निर्दोश बालकको निधारमा कोरिएको रेखा असुभ थियो त ? के उसले जीवन भर बिना गल्ती नै पिडा भोग्नु पर्ने नै हो त? कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै यो सुन्दर संसारमा सधै औंशीको रात जस्तो अन्धकार बनेर बित्ने भो त उसको जीवन? अनि फेरी सुन्ने र भन्ने गरिन्छ।

दु:ख पछी सुख अवस्य हुन्छ रे। यदी त्यसो हो भने किन मानिसको जीवनमा खुसीको बहार छाउन सकेन त ? हो उमेरको बहाव संग संगै निस्चल प्रेममा थियौ। झन्डै जीवनको आधा बसन्तहरुलाई पार गरि सक्दा पनि जीवनमा कुनै त्यस्तो खुसीको पल पाउन सकिन जहाँ/जुन संसारमा ऊ रमाउन सकोस। शायद भाबिले नै छैटिमा यी सारा कुराहरु बाट उसलाई बंचित गराएको छ । हुन त जस्को भाग्यमा जे लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन।

व्यक्त प्रेम अनि उनको अव्यक्त प्रेम यहि नै हाम्रो द्द्वन्द चल्थ्यो । म ऊनीसंगको काल्पनिक दुनियाँमा सयर गर्थें। उनको स्निग्ध मुहारमा आफ्नो प्रतिछायाँ भेट्थें। उनि बिनाको संसारको म कल्पना नि गर्न नस्कने अवस्थामा थिएं। हाम्रो यो सम्बन्ध खुला किताब जस्तै थियो। सबैको स्वीकारोक्तीले झनै हाम्रो माया कसिलो बनेको थियो सजिलै कसैले पनि चुडाउन नसक्ने। कतै कुनै अवरोध थिएन हाम्रो प्रेममा । बाटो खुला थियो जहाँ हामी जसरी चाहन्थ्यौ त्यसरीनै हिड्न सक्थ्यौ ।

केही अव्यत्त पिडाहरु पनि होलान् ,तर पनि त्यही बीचमा खुसी हुन सक्ने एउटा गुण छ,कोहिनुर संग। हामी संग केहि अबिस्वास्निय क्षणहरु पनि छ्न,जो जीवनको अन्त्य सम्म नि एउटा प्रतिबिम्ब बनेर दिल दिमागमा बस्ने छ। ती दिनहरु को प्रतीक्षामा सधै रहने छु। यद्यपि तिमी आएनाै भने पनि म एक्लै सफर कोशिस गर्ने छु। याे सफरमा,जस्काे गन्तव्यमा केबल शान्ति छ,फूलहरु जहाँ मुर्छाउदैनन् कहिल्यै,तिमीलाई तिम्राे स्वर्ग देखाउन हरदम कोशिस गर्ने छु। त्यहा तिमीलाई दुख्ने कुनै झुट हुने छैन,कसैले कसैलाई छाडेर नजाने,एक अर्कामै आजीवन समर्पित हुने,म तिमीलाई अदभूत संसारमा लैजान सधै कोसिस गर्ने छु।

फुल तथा बहारको मौसममा मात्र नभएर,बिरुवाका पातहरु झर्ने मौसममा साथै आंसु भरिएको मुहारमा मुस्कान सहितको सुनौलो बिहानी सधैभरी ल्याउन सक्ने विशेष शक्ति प्राप्तिको एउटा अदभूत मार्गमा सधैं देख्न सकियोस्। हामीले हाम्रो समाजको निम्ति के जोडेर तथा छोडेर जाने भन्ने कुराको सहि निर्णय गर्नु हाम्रो निम्ति एउटा अहिलेको जटिल तथा समय सान्दर्भिक प्रश्न हो। सायद अबको आउने बाटो तथा भविस्यमा हुने सबै कामहरु को समिक्षा गर्नु पर्ने आवश्यकता छ। कोहिनुर,, आफैमा जीवन एउटा संघर्षको थुप्रो हो,यहाँ हरेक चिज प्राप्तिको निम्ति संघर्ष अनिवार्य छ।

सायद केहि जटिल तथा चुनौतीपूर्ण अफ्ट्याराहरु पनि पार गर्दै सुन्दर बिहानीको पर्खाइमा हाम्रा यात्राहरु अगाडि बढनु पर्छ।उन्नति तथा प्रगतिहरु मा एक अर्काको उज्यालो ज्योति  छर्नु पर्छ। क्षितिजको को उषा किरण झै मनमोहक हजुरको उन्नति हेर्ने ठुलो इच्छा छ। साथै केहि खास गरेर हजुरको मुहारमा सधै भरीको निम्ति नमेटिने मुस्कान दिएर जानू छ,ताकि मेरो निम्ति त्यो जीवनको अन्तिम समय सम्म एउटा शक्तिशाली उर्जा बनेर रहिरहोस। स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु।

प्रतिक्रिया