मैले लिएको आयूको ऋण

त्रिलोचन सुवेदी

यो खोला किन यति जोड जोड्ले कराई रहेछ ?
लाग्छ आमाले कुटेर चिच्चाईरहेको बच्चा उ नै हो ।
यी चराहरू किन यति जोड जोडले उडिरहेका छन ?
लाग्छ,
न्याय नपाएर कहिले न्यायीक समिति
कहिले अदालत
र,
कहिले शिंहदरबार दैडिरहने उ नै हो ।
यी किराहरू किन कराईरहेछन यसरी ?
लाग्छ भोक लागेर कन्कनाईरहेको बच्चा उ नै हो ।
यी कमिलाहरू किन दैडिरहेका छन भित्र बाहिर ?
लाग्छ पटक पटक कागज नपुगेर लेखामा थन्किएको फाईल उस्कै हो
मैले आज सम्म बुझेको छैन
यी सलह किराहरू किन यसरी आईपुगे यहाँ सम्म
लाग्छ राणा शासन
र राजतन्त्र फाल्न सडकमा उत्रने उनै हुन ।

यति हुदा हुँदै पनि
यो ठाँउको हरियालि बहुद शुन्दर छ ।
जति शुन्दर देखिन्छे उ हल्का मेकप गरेर गाजल लगाउदा
यो ठाँउको हावा यति शितल छ ।
जति आनन्द आउछ यो बाटो भएर उ हिड्दा
यो ठाउको पानी यति मीठो छ ।
जति रसिलो भएर आउछ मेरो मुहारमा चमक उस्ले बोलाउदा
यो ठाँउको बाटो उति गतिलो होईन
जति गतिलो छैन मेरो भविष्य
जति समय खर्च हुन्छ यो बाटो भएर गन्तव्य पुग्न
उतीनै समय खर्च गरे जस्तो लाग्छ
मैले लियको आयूको रिण बाट
घरि घरि लाग्छ ।

मेरो आयूको रीणको किस्ता बुझाउन नसक्दा
कुनै दिन थपिदा थपिदै ब्याज र स्याज
दोब्बर भएर आउनेछ आयूको हिसाब
हिसाबमा
आयू दोब्बर हुनु भनेको समय छोट्टिनु जस्तै लाग्छ
हिसाबमा
आयू दोब्बर हुनु भनेको म छुट्टिनु जस्तै लाग्छ ।।

प्रतिक्रिया