करुणा शाह (माहारानी)

तपाईंले इनसुरेन्स (बिमा) गर्नु भयो त ? अनि कतिको गर्नुभयो नि ? ल हाम्रो इन्स्योरेन्समा यो-यो पोलिसि छ । म तपाइलाइ सबै जानकारी दिन्छु है एक छिन समय दिनु है ।
यस्तै एजेन्टहरु आफ्नो इन्स्योरेन्स (बिमा) को पोलेसी किन्न आग्रह गरिरहेको हामी ले देखेकै छौं । नेपालमा हाल १९ वाट इन्स्योरेन्स कम्पनि छन् र सबै इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय नेपालगन्जमा नहुने कुरै भएन । हामी सबैले आफ्नो जिबन बिमा साथै सवारी साधन, ब्यापार, उधोग, कलकारखानाको बिमा गरेकै हुन्छौं र गर्नु अति जरुरी पनि छ । मानिसको जीवन कहाँ कती बेला के हुन्छ थाहा नै छैन ।
सानो बच्चाको १५-२० बर्षको लागि जीवन बिमा गरिदिएमा २० बर्ष पछि बच्चालाई उच्च शिक्षा अध्यनको लागि, कुनै व्यापार गर्न वा भविष्यको योजनाको लागी उक्त पैसा निकै सहयोग हुने गर्छ ।
साथै इन्स्योरेन्स गरेको अवधी पूरा भए पछि कम्पनीले बिमाङ्क रकम बराबर नै हुने गरि बोनस पनि दिने गर्छ ।
नेपालगन्जमा सबै इन्स्योरेन्सको शाखा छ तर अहिले ज्योति लाइफ इन्स्योरेन्सको चर्चा उच्च रहेको छ । ‘भोलि को खुशियाली आजै देखि रोजौ , सधै तपाइको साथ दिने ज्योति लाइफ नै रोजौ’ यसै श्लोगनलाई लिएर मार्केटिङमा हिडेका ज्योति लाइफका नेपालगन्ज शाखा प्रबन्धक सुबर्ण उप्रेती संग संचारकर्मी करुणा शाह (महारानी) ले गरेको कुराकानी ।

आरामै हुनुहुन्छ ?
हजुर एकदमै आराम संगै अफिसियल काममा ब्यस्त छु ।
नेपालगन्जमा ज्योति लाइफ इन्स्योरेन्सको अवस्था कस्तो छ ?
नेपालगन्जमा मात्र होइन नेपालभरी नै जनताको रेस्पोन्स राम्रो छ । जस्ले हाम्रो कम्पनीमा इन्स्योरेन्स गरेको छ, सबै खुशी छन् । छोटाे समयमा हाम्रो इन्स्योरेन्स अहिले नेपालमा उत्कृष्ट नै छ ।
तपाइ बैंककिङ क्षेत्रबाट हाल इन्स्योरेन्सको शाखा प्रबन्धकको रुपमा हुनुहुन्छ बैंक बाट बिमा क्षेत्रमा कसरी प्रवेश भयो ?
हो म बैंकमा काम गरे त्यसपछि हाल बिमाको क्षेत्रमा काम गर्दै छु । बिमा आकर्षण संगै चुनौतीपुर्ण जागिर हो । जाहा रिस्क हुन्छ त्यहाँ काम गर्न बढी रमाइलो हुन्छ । सक्षम भएर होला मलाई ज्योति लाइफले यो पोस्ट दिएको । मैले सबैलाई बिश्वास दिएको छु । बिमा नगरेकालाई बिमा किन र केका गर्ने भानि बुझाएर सम्झाएर धेरैको बिमाको क्षेत्रमा समाबेश गराउन सफल भाको छु ।
अन्य थुप्रै बिमा कम्पनी रहेका छन् , तर ज्योति लाइफ इन्स्योरेन्स नै ?
नेपालमा बिमा कम्पनी १९ वटा छन् , सबैको आ आफ्नै-पोलिसी, बोनस रेट जस्ता कुराहरु छन् तर सबै कम्पनीहरु राम्रो नै छन् केही सुबिधाहरु राम्रो छन् जस्तै , १५ वटा घातक रोग लागेमा हामिले बिरामीलाई औषधि उपचारको लागि पुरै खर्च दिन्छौ तर त्यो रोग हाम्रो क्राइड एरियामा पर्नु पर्छ । साथै दुर्घटना हुदा रकमको डबल पैसा र बोनस पाउछ।
जस्तै ,२० लाखको बच्चाको बिमा गरिएको छ भने उसलाइ केही भए तुरुन्तै २५ लाख पाउछ । २० लाखको बिमामा १ % गरेमा प्रतेक महिना २० हजार २० बर्ष सम्म पाउछ। साथै बिमा म्याचोड भएपछि २० लाखको २० लाख र बोनस गरेर लगभग ४४ लाख पाउछ । सायदै यो कुनै बिमामा होला ।
हामीले कतिपय देखेको छौ बिमा गरेको छ, केही दुर्घटना भयो या कुनै कारणले ब्यक्तिको मृत्यु भएमा पैसा पाउन निकै झन्झटिलो हुन्छ , किन यस्तो हुन्छ ?
हाम्रो इन्स्योरेन्समा या सबै इन्स्योरेन्समा इन्स्योरेन्स गरेको ब्यक्ति अप्रिय धटनाले निधन भएमा पैसा सबै इन्स्योरेन्सले तुरुन्तै दिन्छ तर किन कसरि निधन भयो चेकजाँच गर्छ।
बिरामी सिरिएस छ उ संग औषधि गर्ने पैसा छैन भने इन्स्योरेन्सले हेर्छ साथै डकुमेन्टमा पुलिस रिपोर्ट , हस्पिटलको कागजात, डाक्टरको रिपोर्ट चाहिन्छ। त्यो पूरा भए २४ घण्टामा उसको इच्छुक ब्याक्तीको नाममा भुक्तानी दिन्छौ, र दिएका पनि छौं ।
तपाईं ज्योति लाइफको शाखा प्रबन्धक भएर आए पछि कुनै त्यस्ता याद गर्न लायक कुरा के हि छन् कि ?
इन्स्योरेन्स गर्न एकदम जरुरी छ हामीले भन्छौ, यो हाम्रो काम हो । अस्ति मात्र हामी कहाँ एकजना बिजनेस म्यानले ५९ लाखको बिमा गर्नु भयो ।उहाँको ठुलो बिजनेस थियो र बैंकमा उहाँको ७० लाख लोन थियो ।उहाँले आफ्नो इन्स्योरेन्स रकमको एक किस्ता मात्र बुझाउनु भएको थियो । उहाँको बाइक दुर्घटनामा परेर दु:खद निधन भयो । उहाँको परिवारले ५० लाखको 1 करोड पाउनुभयो त्यसमा ७० लाख बैंकको लोन तिर्नु भयो र ३० लाख उहाँ लाई बच्यो । उहाँले इन्स्योरेन्स गरेर नै उहाँको परिवार ऋणबाट मुक्त भयो ।
सबै इन्स्योरेन्सको आ-आफ्नै अभिकर्ता छन् , कन्भिन्स गरेर बिमा बनाउन गाह्रो कुरा हो ,तर अभिकर्ताको कमाइ राम्रै हुन्छ रे हो ?
हो..हो … कमाइ राम्रो हुन्छ । सुरुमा एजेन्ट बन्नको लागि कम्पनी ले ४-५ दिन तालिम दिन्छ । तालिम पछि उनिहरुमा पोलिसी प्रोडक्टको बारेमा पुरै आत्मविश्वास संगै मकुरा गर्ने अाट हुन्छ । कति अभिकर्ताले कमाइबाट नै बाट गाडी चढेको पनि देखेको छौ । एक बर्ष राम्रो संग मेहनत गर्यो र राम्रो पैसाको इन्स्योरेन्स गराउन सके बर्सौ सम्म पैसा पाई रहन्छ ।
एजिन्सी म्यानेजरको तलब सेवा सुबिघा र बोनस आउँछ । एक जना नेपाल प्रहरीको असइ हुनुहुन्थ्यो अहिले उहाले पेन्सन पाक्ने बितिकै आफनो जब छाडेर हामी कहाँ एजेन्ट हुनुभएको छ उहाँले हरेक महिना दुई लाख बुझ्नु हुन्छ । मेहनत गरे इन्स्योरेन्समा जस्तो अरुमा कमाइ छैन ।
कतिपयले इन्स्योरेन्सले पैसा खाएर भाग्छन भन्ने आरोप पनि सुनिन्छ नि ?
एकदमै गलत कुरा हो इन्स्योरेन्स कहिले पनि भाग्दैन ।इन्स्योरेन्स नेपाल सरकारको अधिनमा रहन्छ । इन्स्योरेन्स खोल्न २०० करोडको धरौटी राख्नु पर्छ।नेपालको सबै इन्स्योरेन्स नाफामा नै छन् । तर हाम्रो इन्स्योरेन्सले गत बर्ष ३ करोडको प्रीमियम उठाएको थियो । कोइ कोइ एजेन्टले कहिले काहीँ किस्ताको पैसा अफिसमा जम्मा नगरेर आफुले खर्च गर्ने अफिस को सम्पक मा नाआउने हुन्छ । त्यस्तो लाई सबै इन्स्योरेन्सले कारबाही गर्छ । उस्को लाइसेन्स रद्द हुन्छ । उसले त्यसपछि इन्स्योरेन्समा मात्र होइन कहि काम गर्न पाउदैन । तपाईंले एजेन्ट मार्फत पैसा दिनुभएको छ भने पैसा जम्मा भएपछि मोबाइलमा म्यासेज आउँछ । यदि आयेन भने तुरुन्त अफिसमा सम्पर्क गर्नुपर्छ ।
मानिसले इन्स्योरेन्स गर्न किन जरुरी छ ?
इन्स्योरेन्स गर्न सबैले जरुरी छ। नेपालमा पहिलाबाट नै मानिसहरु कुनै न कुनै जागिर या बिजनेसमा आबद्ध थिए तर इन्स्योरेन्स धेरैले गर्नु पर्छ भन्ने धारणा थिएन ।
बैंकमा मात्र सबैले पैसा बचत गर्ने चलन थियो । २५-३० बर्ष यता नेपालमा सबैले इन्स्योरेन्स गर्ने पर्छ भन्ने मानसिकताको बिकास भएको छ। बैंकमा पैसा बचत हुन्छ तर रिस्क कभर हुदैन । इन्स्योरेन्स मा पैसा बचतको साथै रिस्क कभर पनि हुन्छ । समय अवधी पूरा भए पैसाको साथमा बोनस पाइन्छ । आफ्नो कमाइ कति छ , सोही अनुसार इन्स्योरेन्स गर्नु पर्छ । हामीले हाम्रो ज्योति लाइफमै गर्नुस भन्दैनौ ।धेरै बिमा कम्पनी छन् तपाईंले राम्रो संग बुझ्नुस जहाँ मन पर्छ त्यही बिमा गर्नुस भन्न चाहानछौ । साथै तपाईंलाई धेरै -धेरै धन्यवाद हाम्रो ज्योति लाइफ इन्स्योरेन्सको बारेमा मलाइ केही कुरा राख्ने मौका दिनुभएकोमा ।











