सद्भावको धरोहर “मुसबेटवा”

सतिश निरौला

भारतको राजस्थानमा एउटा प्रसिद्ध स्थल छ “अजमेर सरिफ” अनि हाम्रो भारतीय सिमा जोडिएको शहर बहराइचमा पनि छ ‘दरगा सरिफ, राजस्थान पुग्ने प्राय नछुटाइ पुग्ने गर्छन् अजमेर सरिफ जहाँ हिन्दु÷मुस्लिम दुबैले समान आस्था राखेको देख्न पाइन्छ अनि बहराइचको दरगा मेला पनि निकै प्रसिद्ध छ बाँके जिल्लामा । उक्त मेलामा पनि हजारौं मानिसहरू बाँके बाट पुग्छन् ठिक त्यस्तै धार्मिक आस्था र सद्भावको केन्द्र बाँकेको खजुरा गाउँपालिकामा रहेको छ “मुसबेटवा बाबा”।

मुसबेटवा बाबाको मजार खजुरा गाउँपालिका वडा न ४ मा रहेको छ । यो खजुरा गाउँपालिकाको मात्र नभएर सिङ्गो बाँके जिल्लाकै एउटा प्रमुख र महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो, प्रत्यक बर्ष श्रीपन्चमी अर्थात सरस्वती पुजाको दिन यस ठाउँमा भब्य मेला लाग्ने गर्दछ, पहिला घनघोर जङ्गल रहेको र यहाँ एक हिन्दु र एक मुस्लिम बाबा बस्ने गरेको जनश्रूति सुन्न पाइन्छ । अनि दुबै बाबाहरुको समाधी सोही ठाउँमा राखिएको जनबिस्वास पनि छ । सरस्वती पुजाका दिन लाग्ने मेला ३ दिन सम्म भब्य रूपमा लाग्ने गर्दछ, ५० औं बर्षदेखी परम्परागत रूपमा लाग्दै आएको र अहिलेसम्म पनि जोगिएर निरन्तरता पाएका बाँके जिल्लाका केही मेलाहरुमध्यको प्रमुख मेला हो ‘मुसबेटवा बाबा मेला’ स्थानीयहरु यो मेला भर्न निकै उत्साहका साथ आउने गर्छ्न ।

मेलामा परम्पराग्त रुपमा रहेको चर्के पिङ्ग(काठको खाल्टामा बनाइएको) माटाका भाडा, स्थानिय उत्पादन, श्रीङगारका सामान, बाल उद्यान, जादु, पानि हालेको बेलुन, बतासा मिठाई, जलेभि लगाएत थुप्रै सामाग्रीहरु मेलामा पाइने भएकाले पनि दर्शन सगै रमाइलोका लागी हजारौ मेलामा आउने गरेका छन । विगतका केहि वर्षहरुमा स्थानिय आधुनिक युवा सन्जालको अगुवाइमा महोत्सव आयोजना गरिदाँ मेलालाई देश तथा विदेशमा थप चिनाएको थियो ।

मुसबेटवा बाबाको मेला हेर्न बाँके, बर्दिया, दाङ र सुर्खेतबाट मात्र होईन छिमेकी भारतीय शहर बहराइच आसपास बाट पनि थुप्रै श्रद्दालुहरु आउने गरेका छन । मेलाअवधिभर उक्त स्थानमा रहेको मजारमा हिन्दुमुस्लिम दुबै समुदायले ठुलो आस्था र बिश्वासका साथ मजारमा च्यादर र फुलप्रसाद चढाउने गर्छन् भने यो मजारमा मुस्लिम समुदायले आफ्ना विभिन्न रसम(धार्मिक क्रियाकलाप) गर्ने गरेको पाइन्छ । मजारमा शुद्ध मनले मन्नत मागेमा पुरा हुने जनबिश्वास समेत रहेको छ, भने आफ्नो मन्नत(इच्छा) पुरा भएकाहरु पनि मेलाको समयमा आएर ज्यादर र फुलप्रसाद चढाएर जान्छन् ।

खजुरा गाउँपालिकाको एउटा प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा बिकास गर्न स्थानीय रूपमा केहि पहल प्रयत्न भएपनी केन्द्रिय स्तर बाट अहिलेसम्म कुनै योजना र काम भएको देखिदैन यो मजार २०३९ सालमा पहिलो पल्ट धम्बोजिका ठाकुरप्रसाद बैश्यले पक्की भवन बनाइदिएको आलेख मजार भित्र भेट्न सकिन्छ ।

बाँके जिल्लामा नै धार्मिक सद्भावको स्थलका रूपमा प्रसिद्ध मुसबेटवा बाबाको थप संरक्षण र बिकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारको बिशेष ध्यान पुगे खजुरा गाउँपालिका वडा न ४ मा रहेको यो मजार खजुराको धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।

प्रतिक्रिया